खरसाङ: अखिल भारतीय नेवार सङ्गठन खरसाङ आञ्चलिक समिति श्री भिमेश्वर मन्दिरका कार्यकारिणी सदस्यहरूलाई लिएर एक सभा भिमेश्वर मन्दिरमा सङ्गठनका अध्यक्ष मुख्यान्जे भाजु प्रकाश प्रधानको अध्यक्षता सभा सम्पन्न गरियो।उक्त सभाको सञ्चालन सचिव भाजु सुबास प्रधानले गरेका थिए। सभामा पूर्व घोषित कार्यक्रम अनुसार आगमी ११ देखि १४ फरवरीसम्म चार दिने श्री भिमेश्वर देव पूजा-पाठको आयोजना गरिने र यसको जानकारी नेवार परिवारमा गराउन पर्ने निर्णय गरिएको छ।
सभामा मन्दिर प्रांगणमा नै लाखे एवं धिमे वाजा प्रशिक्षण गराउने निर्णय गरिएको छ। सभामा अभानेस केन्द्र समितिको सहयोगमा वार्ड नम्बर 4 निवासी गुबाजु अलंकार नेवारको प्रांगणमा नेवारी पुरोहित गुवाजु /देवभाजु प्रशिक्षण केन्द्रमा मयेजुहरूको सहयोग रहने भएको छ। सभामा खरसाङ अवस्थित श्री भिमेश्वर मन्दिर निर्माण कार्य गरिन्दा नेवार परिवारहरूको आर्थिक अनुदानद्वारा गरिएको जानकारी गराइएको छ। श्री भिमेश्वर मन्दिर राजनीतिक प्रेरित अनुदानले बनिएको होइन। यसर्थ उक्त मन्दिरमा कसैले पनि राजनीतिक नगरिदिने एवं एक एक नेवार परिवारको सहयोगमा मन्दिरको संरक्षण गर्न अभानेस खरसाङ आञ्चलिक समिति श्री भिमेश्वर मन्दिरको सदस्यहरूको दायित्व रहन्छ भनी सभामा प्रस्ताव पारित गरिएको छ। सभामा श्री भिमेश्वर मन्दिर प्रांगणमा जति पनि नेवारी कार्यक्रम गरिन्छ नेवार परिवारजनमा सार्वजनिक गरिने र यदि कुनै नेवार सदस्यहरूले पनि व्यक्तिगत या सार्वजनिक कार्यक्रम गर्न अघि अखिल भारतीय नेवार सङ्गठन खरसाङ आञ्चलिक समिति श्री भिमेश्वर मन्दिर सञ्चालन समितिको अनुमति लिएको हुनुपर्छ भनेर प्रस्ताव पारित गरिएको छ। यसको साथै म नेवार हो भनेर कसैले पनि मनमानी गर्न पाइने छैन भन्ने जानकारी नेवार परिवारजनमा दिन एव एकता अखण्डता साथ अनुशासन रहेर मन्दिरको संरक्षण गरिने जानकारी रहेको छ। सभामा मन्दिरको मरमत्ति कार्य गरिन्दा सर-सामानको खर्चको रकम उपलब्ध गराउन सेन्टल ब्याकको बचत खाताबाट भुक्तान गरेर झट्टै दिने साथै अझै मरमत्ति कार्यको निम्ति अभानेस खरसाङ आञ्चलिक समिति श्री भिमेश्वर मन्दिरको साधारण सदस्य शुल्क उठाएर गरिनु पर्ने जानकारी गराइएको छ। उक्त विषय लिएर उपस्थित सदस्यहरूमा चर्चा परिचर्चा गरि सम्पूर्ण नेवार परिवारजनबाट जानकारी गराईने साथै साधारण सभा गरिने तय गरियो भने मन्दिरको संरक्षण एवं अनुशासनमा रहेर मन्दिर प्रांगणमा अभानेस खरसाङ आञ्चलिक समिति श्री भिमेश्वर मन्दिर सञ्चालन समितिको अनुमतिनिना नेवार सदस्यवर्गले कुनै कार्यक्रम गर्न नपाईने सर्वसम्मतीले निर्णय लिएको जानकारी प्राप्त भएको छ।
सभाको अन्त्यमा सभा अध्यक्ष भाजु प्रकाश प्रधानद्वारा सभाको विषयहरू नेवार परिवारजनले पालन गर्ने र एकता, अखण्डता, अनुशासन रहेर नेवार जातिको भाषा, संस्कार, संस्कृतिसँगै श्री भिमेश्वर मन्दिर हाम्रो धरोहरको संरक्षण गरौं र उक्त मन्दिरलाई राजनीतिक प्रेरित कसैले प्रयोग नगरिदिने उक्त मन्दिर लिएर झट्टै सरकारी एवं प्रशासनको उच्च अधिकरीहरूसंग भेटघाट कार्यक्रम रहेको बताइएको छ। साथै वर्तमान जीटीए प्रमुख कार्यपालसंग पनि सभा गरिनेछ। त्यसर्थ अभानेस खरसाङ आञ्चलिक समिति श्री भिमेश्वर मन्दिरका सदस्यहरू अनिवार्य रूपमा आईदिने एवंसभामा उपस्थित सदस्यहरूलाई धन्यवाद दिदै सभा बर्खास्त गरियो भनी अभानेस खरसाङ आञ्चलिक समिति श्री भिमेश्वर मन्दिरका सह सचिव भाजु गणेश प्रधानले दिएका छन्।










