१ अक्टोबरः ईंग्ल्याण्डले आयोजक पाकिस्तानलाई शुक्रवार खेलिएको छैटौं टी२० अन्तर्राष्ट्रिय क्रिकेट म्याचमा ८ विकेटले पराजित गऱ्यो। म्याचमा हारको सम्मुखीन भए पनि पाकिस्तान टीमका कप्तान बाबर आजमले खास उपलब्धि हासिल गरे। बाबरले म्याचमा अविजित ८७ रन बनाए। यस ईनिंग्सको आवधि उनले टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा ३००० रन पनि पूरा गरे। यस उपलब्धिलाई हासिल गर्ने उनी पाकिस्तानका पहिलो अनि विश्वका पाँचौं ब्याटर हुन्। उनले म्याचमा ५९ बल खेलेर ७ वटा चौका र ३ वटा छक्का लगाए। सेप्टेम्बर २०१६-मा ईंग्ल्याण्ड विरुद्ध नै टी२० पदार्पण (डेब्यू) गर्ने बाबरले आफ्नो ८६औं म्याचको ८१औं ईनिंग्समा ३००० रन पूरा गरे।
टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा तेज ३००० रन पूरा गर्ने मामिलामा बाबरले भारतीय ब्याटर विराट कोहलीको रेकर्डको बराबरी गरे। कोहलीले पनि आफ्नो ८१औं ईनिंग्समा यस उपलब्धिलाई हासिल गरेका थिए। उनले २०२१-मा ३००० रन पूरा गरेका थिए। टी२० अन्तर्राष्ट्रियमा पदार्पणपछि कोहलीलाई यस उपलब्धिसम्म पुग्न १० साल र २७५ दिन लागेको थियो। यसबीच बाबरले चाहिँ ६ साल र २३ दिनमै यस उपलब्धिलाई हासिल गरी सबैलाई चकित पारे। यी दुई बाहेक न्यूजील्याण्डका मार्टिन गप्टिलले १०१औं ईनिंग्स, भारतीय कप्तान रोहित शर्माले १०८औं ईनिंग्स र आयरल्याण्डका पल स्टर्लिंगले ११३औं ईनिंग्समा ३००० रन पूरा गरेका थिए। बाबरले ८१ वटा ईनिंग्समा ४३.९९-को औसतले ३०३५ रन बनाएका छन्।