१ अक्टोबरः गितडाब्लिंगमा क्लब वी (WE)-द्वारा आयोजित गान्धी जयन्ती ओपन फूटबल टुर्नामेण्टको फाइनल म्याच २ अक्टोबरको दिन खेलिनेछ। स्थानीय गितडाब्लिंग खेल मैदानमा जारी यस सेभेन ए साइड टुर्नामेण्टको फाइनलमा लोवर कफेर र गुम्बा एफसी-बीच भिड़न्त हुनेछ। शुक्रवार खेलिएको टुर्नामेण्टको दोस्रो सेमिफाइनलमा गुम्बा एफसी-ले पाकांग एफसी-लाई २-०-ले पराजित गऱ्यो। यसरी नै पहिलो सेमिफाइनलमा लोवर कफेरले पोख्रेबुंग युनाइटेडलाई ५-१-ले पराजित गऱ्यो। गत १० सेप्टेम्बरदेखि आयोजित यस टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ७० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।