रिम्बीक लोधोमा समष्टि अनि बाँसबोटे फाइनलमा

IMG_20221001_125157.jpg

१ अक्टोबरः बाँसबोटे युथ स्पोर्टिंग क्लबद्वारा आयोजित दशहरा कपको फाइनल खेल गाधी जयन्तीको दिन (२ अक्टोबर) भव्यताको साथ समपन्न हुनेछ। प्रथमपल्ट आयोजित यस टुर्नामेण्टको फुरी जन खेल मैदानमा हुने फाइनलमा रिम्बीक लोधोमा समष्टि अनि बाँसबोटे माझमा भिड़न्त हुनेछ। टुर्नामेण्टको दोस्रो सेमिफाइनलमा शुक्रवार रिम्बीक लोधोमा समष्टिले बीच गाउँको टीमलाई ३-१-ले पराजित गऱ्यो। यसअघि खेलिएको अन्य एउटा सेमिफाइनलमा बाँसबोटेले रिम्बीक फूटबल क्लबलाई ५-०-ले पराजित गरेको थियो। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर-अप् हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। फाइनलको दिन समापन समारोहमा क्षेत्रका विविध पाठशालाहरूलाई लिएर रंगारंग कार्यक्रमको पनि आयोजना गरिने आयोजक समितीबाट फिन्जु शेर्पा अनि किशोर काम्बाङले बताएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *