खरसाङ: खरसाङको दुर्बीन डाँडास्थित इगल क्र्यागको सुन्दरीकरणसहित स्काई वर्क र रक क्लाईबिङको पनि शुरु गरिने भएको छ। गत केही दिन अघि खरसाङ नगरपालिकाको टोली विभिन्न समस्याहरु लिएर कोलकोता पुगेका थिए र यसै समय खरसाङको इगल क्र्यागको सुन्दरीकरणको लागि पनि पहल गरेका थिए। यसलाई स्वीकृति पाएपछि सुन्दरीकरण गरिने भनिएपछि आज खरसाङ नगरपालिकाको टोलीले खरसाङको इगल क्र्यागको सुन्दरीकरणको लागि निरीक्षण गरेका छन्। उक्त निरीक्षणको कार्यमा खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधान, फाइनेन्स अफिसर निरदेन लामा, कार्यकारी अफिसर प्रसनजीत चौधरी, अनबन प्लानर अफिसर सञ्जय प्रसाद, एसएई विशाल सुनवार, सुपरभाइजर सोनाम लामा, हेड क्लर्क सुरेन कटुवाल लगायत अन्यहरु उपस्थित भएर निरीक्षण गरेका थिए। अब खरसाङलाई पर्यटकीय मानचित्रमा हाल्नलाई इगल क्र्यागको सुन्दरीकरण गरिने भएको छ। यहाँ सुन्दरीकरणको साथै स्काई वर्क, रक क्लाईबिङ र टेलिस्कोप लगाएर स्थानीय मनोरम दृश्यहरू अवलोकन गर्न पनि शुरु गरिने भएको छ। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानले खरसाङलाई सुन्दरीकरण गरिने र यसको रेभुन्यु संकलनको लागि पहल गरिने र यसको लागि स्थानीयहरुले पनि सहयोग गर्नु पर्ने बताएका छन्।

उनले खरसाङलाई पर्यटकीय मानचित्रमा हाल्नलाई इगल क्र्यागको सुन्दरीकरण गरिने र यसको लागि यहाँ सुन्दरीकरणको साथै स्काई वर्क, रक क्लाईबिङ र टेलिस्कोप लगाएर स्थानीय मनोरम दृश्यहरू अवलोकन गर्न पनि शुरु गरिने बताएका छन्। उनले योभन्दा पहिला पनि इगल क्र्यागको सुन्दरीकरण ग्रिन सिटी मिशनमार्फत् गरिएको जानकारी गराएका छन्।










