खरसाङ: जीटीए कर्मचारी संगठन खरसाङ महकुमा समितिको तर्फबाट विभिन्न मागहरुलाई लिएर आज पिष्टरिङ गरिएको छ। जीटीए कर्मचारी संगठनको तर्फबाट विभिन्न मागहरुलाई लिएर दार्जिलिङ, कालेबुङ, खरसाङ, मिरिक क्षेत्रमा एकै चोटी उक्त पोष्टरिङ गरिएको छ। जीटीए कर्मचारी संगठनको माग रहेको छ कि सबै जीटीए कर्मचारीहरुले ६५ वर्षको उमेरसम्म कम गर्नु पाउनु पर्ने, मृतक कर्मचारीहरुका परिवारका सदस्यजरुले काम पाउनु पर्ने माग रहेको छ। यसको लागि केही व्यवस्था जीटीएले गरिदिनु पर्ने माग रहेको छ। यस पोष्टरिङमा जीटीए कर्मचारी संगठन खरसाङ महकुमा समितिको सभापति सजन गहतराज, सह सचिवद्वय युवराज प्रधान र बिजय प्रधान, केन्द्रीय उपाध्यक्ष रबि तिलङ्गी, कोषाध्यक्ष दिनेश तामाङ, कार्यकारी सदस्य मनिषकुमार प्रधान लगायत अन्यहरु उपस्थित रहेका थिए। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ महकुमा समितिको सभापति सजन गहतराजले विस्तृत रुपमा जानकारी गराएका छन्।










