लिस्बन: यूएफा च्याम्पियन्स लीग फूटबल प्रतियोगितामा आर्सनल र बायर्न म्यूनिखको साथमा लिभरपूल, टोटनह्याम, बार्सिलोना, चेल्सी, स्पोर्टिंग लिस्बन र म्यानचेष्टर सिटीले सीधै प्री-क्वार्टर फाइनल राउण्डमा स्थान बनायो। यसबीच गत सीजनको च्याम्पियन पेरिस सेण्ट जर्मेन (पीएसजी) र रियल म्याड्रिडसहित अन्य १६ वटा टीमले चाहिँ अब प्लेअफ्-मा चुनौती पेश गरी प्री-क्वार्टर फाइनल राउण्डमा पुग्ने प्रयास गर्नेछ। नापोली र एथलेटिक क्लबसहित १२ वटा क्लबको चाहिँ टुर्नामेण्टमा अभियान समाप्त भयो। च्याम्पियन्स लीगको प्रारूप अनुसार लीग चरणपछि शीर्ष ८-मा सामेल टीमहरूले सीधै प्री-क्वार्टर फाइनलमा स्थान बनाउँछ। त्यसपछि नवौंदेखि २४औं स्थानमा रहने टीमहरूले प्री-क्वार्टर फाइनलमा पुग्न प्लेअफ्-मा चुनौती पेश गर्नेछ। बुधवार राति खेलिएको म्याचमा रियल म्याड्रिडले पोर्तुगलको क्लब बेनफिकाविरुद्ध २-४-ले हारको सामना गर्नु पऱ्यो। यस अवे म्याचमा ५३ प्रतिशत पोजेशनको साथ खेल्ने स्पेनिश क्लबबाट दुवै गोल कीलियन एम्बाप्पेले गरे। उनले ३०औं र ५८औं मिनटमा गोल गरे। म्याचको अन्तिम क्षणमा रियल म्याड्रिडका राउल असेन्सिओ र रोड्रिगोलाई रातो कार्ड देखाइयो। यसरी विजेता टीमबाट एण्ड्रिएस श्जेलडेरुपले ३६औं र ५४औं मिनटमा २ गोल गरे। यसबाहेक वानगेलिस पावलिडिस र एनातोली ट्रुबिनले पनि १-१ गोल गरे। यस हारले गर्दा रियल म्याड्रिड ८ वटा म्याचमा १५ पोइण्ट्सको साथ च्याम्पियन्स लीग पोइण्ट्स टेबलको नवौं स्थानमा रह्यो। यसरी ९ पोइण्ट्सको साथ बेनफिकाले पनि प्लेअफ्-मा स्थान बनायो। असाधारण फर्ममा रहने आर्सनलले कजाकस्तानको क्लब काइरातलाई ३-२-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्ड एमिरेट्स स्टेडियममा ६५ प्रतिशत पोजेशनको साथ खेल्ने प्रीमियर लीग क्लबबाट भिक्टोर ग्योकेरेसले दोस्रो, काई हावेर्त्जले १५औं र गेब्रिएल मार्टिनेल्लीले ३६औं मिनटमा गोल गरे। यस जीतको साथ आर्सनल २४ पोइण्ट्सको साथ शीर्ष स्थानमा कायम रह्यो। बायर्न म्यूनिखले पीएसभी आइण्डहोवेनविरुद्ध २-१-ले जीत हासिल गऱ्यो। यस अवे म्याचमा ५८ प्रतिशत पोजेशनको साथ खेल्ने जर्मन क्लबबाट जमाल मुसिआलाले ५८औं र ह्यारी केनले ८४औं मिनटमा गोल गरे। यस जीतको साथ बायर्न २१ पोइण्ट्सको साथ दोस्रो स्थानमा रहेर राउण्ड अव् सिक्स्टीन-मा पुग्यो।
लिभरपूलले एकतर्फी म्याचमा काराबाग एफके-लाई ६-०-ले पिट्यो। आफ्नो होम ग्राउण्ड एनफील्डमा ५५ प्रतिशत पोजेशनको साथ खेल्ने विजेता टीमबाट एलेक्सिस म्याक एलिस्टरले १५औं र ६१औं मिनटमा २ गोल गरे। यस जीतको साथ लिभरपूल १८ पोइण्ट्सको साथ तेस्रो स्थानमा रह्यो। बार्सिलोनाले पनि एकतर्फी म्याचमा एफसी कोपेनहेगनलाई ४-१-ले पिट्यो। आफ्नो होम ग्राउण्डमा ७१ प्रतिशत पोजेशनको साथ खेल्ने स्पेनिश क्लबबाट रोबर्ट लेवाण्डोस्कीले ४८औं, लामिन यामालले ६०औं, राफिन्हाले ६९औं र मार्कस रासफोर्डले ८५औं मिनटमा गोल गरे। बार्सिलोना १६ पोइण्ट्सको साथ पाँचौं स्थानमा रहेर नक्आउट राउण्डमा पुग्यो। टोटनह्यामलाई पनि एण्ट्राक्ट फ्रांकफर्टविरुद्ध २-०-ले जीत हासिल गर्नमा समस्या भएन। टोटनह्याम १७ पोइण्ट्सको साथ चौथो स्थानमा रह्यो। म्यानचेष्टर सिटीले गालाटासरेलाई २-०-ले पराजित गऱ्यो। विजेता टीमबाट एर्लिंग हालाण्डले ११औं र रायान चेर्कीले २९औं मिनटमा गोल गरे। यस जीतको सात म्यानचेष्टर सिटी १६ पोइण्ट्सको साथ आठौं स्थानमा रह्यो। गालाटासरेले १० पोइण्ट्सको साथ प्लेअफ्-मा चुनौती पेश गर्ने अधिकार हासिल गऱ्यो। गत सीजनको च्याम्पियन पीएसजी र न्यूक्यासलबीच खेलिएको म्याच १-१-ले ड्र रह्यो। म्याचमा पीएसजी-को निम्ति वितिन्हाले आठौं मिनट र न्यूक्यासलको निम्ति जो विलोकले मध्यान्तरको ठीक अघि इञ्ज्युरी टाइमको दोस्रो मिनटमा गोल गरे। यी दुवै टीमले १४-१४ पोइण्ट्सको साथ प्लेअफ्-मा प्रवेश गऱ्यो। पीएसजी गोल अन्तरको आधारमा ११औं र न्यूक्यासल १२औं स्थानमा रह्यो। अन्य म्याचहरूमा स्पोर्टिंग लिस्बनले एथलेटिक क्लबलाई ३-२-ले, ओलम्पियाकोसले अयाक्सलाई २-१-ले, इण्टर मिलानले नापोलीलाई ३-२-ले, बोडो ग्लिम्टले एट्लेटिको म्याड्रिडलाई २-१-ले, लेवरकुसेनले भिल्लारियललाई ३-०-ले, पाफोसले स्लाविया प्राहालाई ४-१-ले, क्लब ब्रूगेले मार्सेलीलाई ३-०-ले र यूनियन सेण्ट गिलोसले अटलाण्टालाई १-०-ले पराजित गऱ्यो।









