सूर्यकुमार आईसीसी ऱ्याङकिंगमा अघि बढ्न सफल

IMG-20260128-WA0095

नयाँ दिल्ली: आईसीसीद्वारा बुधवार जारी टी२० इण्टरनेशनल ब्याटरहरूका ताजा ऱ्याङकिंगमा भारतीय क्रिकेट टीमका कप्तान सूर्यकुमार यादवको शीर्ष १० मा पुनरागमन भएको छ। उनी ५ स्थान अघि बढ़ेर सातौं स्थानमा पुगेका छन्। खराब फर्मसँग जुझिरहेका भारतीय कप्तानले न्यूजील्याण्डविरुद्ध दोस्रो र तेस्रो टी२० इण्टरनेशनल म्याचमा लगातार अर्द्धशतक बनाएर फर्म हासिल गरेका छन्। यसरी भारतीय ओपनर अभिषेक शर्माले तेस्रो टी२०आई म्याचमा ६८ रनको अर्द्धशतकीय ईनिंग्सको साथ शीर्षमा आफ्नो स्थितिलाई अझ मजबूत बनाएका छन्। अभिषेकले ९२९ अंकको साथ शीर्ष स्थानमा आफ्नो बढ़तलाई ८० अंकसम्म पुऱ्याएका छन्। न्यूजील्याण्डविरुद्ध तेस्रो टी२०आई म्याचमा ३ विकेट लिने भारतका अनुभवी पेस बलर जसप्रीत बुमराहले पनि ४ स्थानको सुधार गरी १३औं स्थान हासिल गरेका छन्। भारतीय स्पिनर वरुण चक्रवर्ती शीर्ष स्थानमा कायम छन्। हार्दिक पाण्ड्या र शिवम दुबे पनि अलराउण्डरहरूका ऱ्याङकिंगमा अघि बढ़्न सफल भएका छन्। हार्दिक एक स्थान अघि बढ़ेर तेस्रो जबकि दुबे ५ स्थान अघि बढ़ेर एघाह्रौं स्थानमा पुगेका छन्। न्यूजील्याण्डका अलराउण्डर ग्लेन फिलिप्सले पनि असल प्रदर्शन गर्दै ब्याटरहरूका ऱ्याङकिंगमा १८ स्थानको जम्प लगाएर ४४औं स्थान हासिल गरेका छन्। यसरी दक्षिण अफ्रिकी कप्तान एडन मार्करम २०औं स्थानमा पुगेका छन्। वेष्ट इण्डिजका ओपनर ब्रेण्डन किंगले पनि १५औं स्थान हासिल गरेका छन्।

About Author

Advertisement