खरसाङ देवराली समष्टिमा चुनाव को-अर्डिनेशन कमिटी गठन

a0b34a23-a59e-4ddb-845a-84e2e4446a6b

खरसाङ – भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको खरसाङ चिम्नी देवराली समष्टीको चुनाव को-अर्डिनेशन कमिटी साथै खरसाङ महकुमा समितिको युवा शक्तिको सभापति पेमेन्द्र गुरुङको सभापतित्वमा साथै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापाको कुशल नेतृत्वलाई शिरोपर गर्दै को-अर्डिनेशन कमिटी गठन गरिएको छ। उक्त को-अर्डिनेशन कमिटी खरसाङको वार्ड नम्बर १ देखि १० नम्बर वार्डसम्मका साथै पञ्चायत क्षेत्रका सबै गाउँका युवाहरूलाई लिएर एउटा को-अर्डिनेशन कमिटी गठन गरिएको छ।

सभामा विशेष  २८ नम्बर खरसाङ चिम्नी देवराली समष्टीका मूल सचिव श्याम शेर्पा, यसै समष्टीका नारी शक्ति सभापति सुष्मा मुखिया, खरसाङ टाउन कमिटीको नारी शक्ति टका सभापति सबिता कार्की, उप सभापति चित्रकाला लामा, खरसाङ टाउन कमिटीको युवा शक्तिको सभापति कामलेश राई अनि मूल सचिव बन्धन लामा साथै यस को-अर्डिनेशन कमिटीको को-अर्डिनेटर बिरेश लामा, रुशब खवास, दिपेश थापा साथै सबै को-अर्डिनेटर प्रतिनिधिहरुको मुख्य रहेको थियो। उक्त सभा समष्टीको सार्वजनिक भवनमा सम्पन्न भएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement