खरसाङ: दाजु! एकपल्ट इन्टरलोक्युटरलाई भेटेर मलाई पनि गोर्खाल्याण्ड चाहिन्छ भनेर भनिदिनु होस्। किनभने हामीले बोकेको गोर्खाहरुले बोलेको हुन्छ। तर तपाईले बोल्दा बंगाल सरकारले बोलेको हुन्छ र ममता फुपुले पनि विरोध गर्नु पाउँदैन भनी दार्जीलिङका सांसद राजु विष्टले खरसाङमा आयोजित कार्यकर्ता महासङ्गममा आफ्नो सम्बोधनमा बताएका छन्। उनले गोर्खाहरुको समस्या समाधानको लागि केन्द्रबाट आएका इन्टरलोक्युटरलाई भेटेर जीटीएले पनि आफ्नो पक्ष राख्नुपर्छ भन्दै जीटीए प्रमुख र सभासदहरुले पनि भेट गरेर आफ्नो टेक भनिदिनु भनी बताएका छन्। सांसद राजु विष्टले भने, ‘म यहाँबाट जीटीए प्रमुख समक्ष आह्वान गर्न चाहन्छु कि तपाईले एकपल्ट इन्टरलोक्युटरलाई भेटेर मलाई गोर्खाल्याण्ड चाहिन्छ भनिदिनु होस्। किनभने मिडियामा लुकेर बाइट दिएर हुँदैन।’
सांसद राजु विष्टले अघि भने, इन्टरलोक्युटर भाजपाको चुनाव अघि मात्र हो र धोका दिन्छ भनेर भन्दैछ। चिन्ता नगर्नु भाजपाले आफ्नोे तर्फबाट काम गर्दैछ। भाजपाको ठूलो मुटु छ। बंगालको २९४ वटा सिटहरु छन् तर पहाडको ३ वटा र तराई डुवर्सको मिलाएर १० वटा जति सिटको लागि रिक्स उठाएर पनि गोर्खाहरुको समस्या समाधानको लागि पहल गरेको छ।’
उनले अझ भने, मैले इन्टरलोक्युटरलाई स्वागत जनाए। गठबन्धन दलका प्रतिनिधिहरुले पनि भेट्दैछन्। किनभने हामी समस्याको समाधान डाइलगबाट होस् भन्ने लागेको छ। समावेशी डाइलग होस् र सबैले इन्टरलोक्युटरलाई भेटेर आफ्नो पक्ष राखोस्।
उनले यो अवसर हो र यसलाई गुमाउनु हुन्न। त्यसैले जीटीएले पनि आफ्नो पक्ष राखोस्।’
सांसद राजु विष्टले नयाँ सालको उपहारस्वरुप सिलगढीबाट बालासन हुँदै दार्जिलिङसम्म पुग्ने वैकल्पित राष्ट्रिय राजमार्गक लागि केन्द्र सरकारले ४ हजार करोड रुपियाँ स्वीकृत गरेको जानकारी गराएका छन्।










