खरसाङमा आज ७७औं गणतन्त्र दिवस समारोह सम्पन्न

IMG-20260126-WA0102

खरसाङ: खरसाङमा आज ७७औं गणतन्त्र दिवस समारोह सम्पन्न भएको छ। खरसाङको नयाँ बजारस्थित डब्ल्युबीएनभीएफ खेल मैदानमा आयोजित गणतन्त्र दिवस समारोहमा खरसाङ महकुमा शासक आईएएस प्रिया यादवको बाहुलीबाट राष्ट्रिय झण्डा उत्तोलन गरिएको थियो।

यस अवसरमा उनले परेडको पनि सलामी लिएका थिए। यस अवसरमा विभिन्न संघ संस्थाहरुले परेड प्रस्तुत गरेका थिए। कार्यक्रममा कलाकारहरुले देशभक्ति गीतहरु प्रस्तुत गरेका थिए भने सांस्कृतिक नृत्यहरू पनि प्रस्तुत गरिएको थियो।

गणतन्त्र दिवसको अवसरमा खरसाङ महकुमा शासक आईएएस प्रिया यादवले आफ्नो सम्बोधन राखेकी थिइन्‌ यस गणतन्त्र दिवस समारोहमा विशिष्ट अतिथिको रुपमा खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ, पूर्व सांसद शान्ता छेत्री, खरसाङ महकुमा पुलिस अधिकारी आईपीएस निरझा अनिस शाह, नेवार विकास बोर्डका चेयरम्यान सुनिल प्रधान लगायत अन्यहरु उपस्थित रहेका थिए।

About Author

Advertisement