गान्ताेक: सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले अश्वनी कुमार चन्द, आईपीएस, अतिरिक्त महानिदेशक (पुलिस) लाई प्रतिष्ठित राष्ट्रपति विशिष्ट सेवा पदक (पीएसएम) प्रदान गरिएको अवसरमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरे। साथै, उनले ग्यालसिङ जिल्ला प्रहरी अधीक्षक छेरिङ शेर्पालाई उत्कृष्ट सेवा पदक (एमएसएम) प्राप्त गरेकोमा तथा सहायक उप–अग्नि अधिकृत श्री दावा तामाङलाई राष्ट्रपति उत्कृष्ट सेवा पदक (एमएसएम) प्रदान गरिएकोमा पनि हार्दिक बधाई ज्ञापन गरे।
सामाजिक संजाल मार्फत यसबारे व्यक्त गर्दै गणतन्त्र दिवसको अवसरमा प्रदान गरिएका यी सम्मानहरूले पदक प्राप्तकर्ताहरूको असाधारण व्यावसायिकता, समर्पण, साहस तथा कर्तव्यप्रतिको अटल प्रतिबद्धताको गौरवपूर्ण मान्यता दिएको छ भनि मुख्यमन्त्रीले जनाए। उनले अघि भने, उनीहरूको उदाहरणीय सेवाले संस्थागत सुदृढीकरणका साथै राज्यभर जनविश्वास र सुरक्षालाई अझ मजबुत बनाएको छ।
अन्तमा मुख्यमन्त्रीले सबै सम्मानित व्यक्तित्वहरूलाई नमन गरे र जनताको सेवामा इमान्दारी एवं गौरवका साथ निरन्तर सफलताका लागि शुभकामना व्यक्त गरे।









