२८ मईः खरसाङ फूटबल एसोसिएशन (केएफए)-को तत्त्वावधानमा आयोजित अण्डर-१४ महकुमा स्तरीय फूटबल लीग २०२२-अन्तर्गत शनिवार दुईवटा म्याच खेलियो। स्थानीय मण्टिभियट खेल मैदानमा आज भएको दिनको पहिलो म्याचमा भेट्रन्स फूटबल एकाडमी (तीनधारे)-ले हिल फूटबल एकाडमीलाई ३-१-ले पराजित गऱ्यो। विजेता टीमबाट साहिल प्रधान, मिलन राई र सक्षम राईले गोल गरे। यसरी नै हिल एफए-बाट दिवांश थामीले 1 गोल गरे। दिनको दोस्रो म्याचमा रोहिणी फूटबल एकाडमीले जेआर३२ फूटबल एकाडमीलाई २-०-ले पराजित गऱ्यो। विजेता टीमबाट ईशान्त भुजेल र रोनेस राईले १-१ गोल गरे। आजका दुईवटा म्याचमा रेफरीको भूमिकामा प्रतीक गुरुङ रहेका थिए भने सहयोगीको भूमिका बिरेन राई र विशाल राईले निर्वाह गरेका थिए।











