दार्जीलिङ: दार्जीलिङ नगरपालिकाले नगरबासीहरूलाई एम्बुलेन्स सेवा र निशुल्क स्वास्थ्य जाँच कार्यक्रम गर्ने भएको छ। दार्जीलिङ नगरपालिकाको चेयरम्यान रितेश पोर्तेलले बताएअनुसार दिनप्रति दिन बडदै गइरहेको ट्राफिक समस्याहरूको कारणले उपचारको लागि आईरहेका एंव गइरहेका विमारीहरूले भोग्नु परिरहेको विषयहरूलाई ध्यानमा राख्दै हामीले दुईवटा एम्बूलेन्स सेवा शुरू गरेका छौ। यदि नगरबासीहरूलाई कुनै प्रकारको असुविधा भएको खण्डमा पालिकाको नम्बर: ९००२१६५६८५/७५०१८४५९६७ मा सम्पर्क गरेर एम्बुलेन्स सेवा लिन सक्ने चेयरम्यान पोर्तेलले बताए। त्यसरी नै दार्जीलिङ नगरपालिकाले ५ जूनदेखि विभिन्न रोगहरूको जाँच कार्य अनि नेत्री जाँच आदि जस्ता शिविरहरूको आयोजना गर्ने योजना पनि बनाएको चेयरम्यान पोर्तेलले बताए।तिनले अघि भने दार्जीलिङ नगरपालिका अन्तर्गत सागर माथामा स्वास्थ्य जाँच आदि जस्ता कार्यहरू गरिनेछ भन्ने तिनले दोहोराए। त्यसरी नै कमान बस्ती क्षेत्रतिर देखिने मोती विन्दु आदि जस्ता रोगहरूको लागि दार्जीलिङ नगरपालिकाले सिलगढीको नेत्र अस्पतालसँग मिलेर मोती विन्दुको ओपरेशन आदि जस्ता कार्यहरू पनि गरिनेछ भन्ने चेयरम्यान पोर्तेलले बताए।रक्त जाँच, स्वास्थ्य जाँच आदि जस्ता रोगहरूको उपचार निशुल्क गरिनेछ भन्ने तिनले दोहोराए।










