वी केयर इनभारोमेन्टका युवाहरूद्वारा तीनधारेको स्मृति वन परिसर सर सफाई

SAVE_20220930_215136.jpg

खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारेको स्मृति वनमा तीनधारे महानदी समष्टी स्तरीय सम्पन्न भईरहेको फूलपाती समारोहको लागि तयारी चलिरहेको छ। उक्त स्मृति वन परिसरमा आज वी केयर दार्जिलिङ सोसाईटीका युवावर्गले सर सफाई गरेका छन्। विशेष गरी स्मृति वनमा रहेको मन्दिर परिसरमा सर सफाई साथै प्लास्टिकहरू उठाइने कार्य गरेका छन्। उक्त कार्य बिहान ११ बजेदेखि शुरू गरेका कुरो सोसाईटीका सभनेत्री रिया तामाङले जानकारी गराएका छन्। स्मरण रहोस् उक्त सोसाइटीका सम्पूर्ण सदस्य विद्यार्थीहरू हुन् साथै उक्त कार्यमा ग्लप्स, जस्टबिन साथै अन्य सामाग्रीहरु आ आफ्नो गोजी खर्चबाट बाँचेको पैसाले किनेर सर सफाई गरेको कुरो सोसाइटीका प्रमुख सल्लाहकार साथै फोहोर प्रबन्धनका जिल्ला प्रशिक्षक नवराज राईले बताएका छन्। त्यसरी नै सर सफाई कार्यपछि युवाहरूको पक्षमा रिया तामाङले जानकारी गराएका गराउँदै आज हामी वी केयर इनभारोमेन्ट टिमद्वारा तीनधारेको स्मृति वनमा सर सफाई कार्य गरेको बताएका छन्। उनले बताए अनुसार बीस माइलमा अहिले पूजा भईरहेको छ अनि फूलपातीको दिन पनि यहाँ कार्यक्रम हुन्छ तर यहाँ मैलाहरू पूरा भएकोले हामी युवाहरू मिलेर सर सफाई गरिएको बताइन्। रिया तामाङले सबैलाई अनुरोध गर्दै सबैले कुनै पनि चीज खाएर तेसै नफ्याँकिदिने तर बोत्तलतिर हालेर फ्याँकि दिने तथा आज हामीले यहाँ डस्टबीनहरू राखेका छौं र कुनै पनि मैलाहरू छ भने डस्टबिनमा फ्याँकिदिने अनुरोध गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *