फूलपाती शोभायात्रा समारोहको दिन ट्रेन र हवाई टिकट हुनेहरू बिहान छिट्टै निस्कने अनुरोध

IMG-20220930-WA0124.jpg

खरसाङ: खरसाङमा आयोजना भईरहेको फूलपाती समारोह विषयमा आज भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङद्वारा पत्रकार सम्मेलन बोलाएर जानकारी गराएका छन्। फुलपाती समारोह समितिको संयोजक पेमेन्द्र गुरुङले यसपाली खरसाङमा भईरहेको फूलपाती शोभायात्रा समारोहको लागि ट्राफिक व्यवस्था सञ्चालनको लागि ट्राफिक ओसी दोर्जे शेर्पा र खरसाङ पुलिस थानाको आईसी निबेन्दु सरकारसित पनि सभा गरिसकेको जानकारी गराएका छन्। उनले उक्त दिन अर्थात् २ अक्टोबरको दिन खरसाङमा खरसाङमा हुने फूलपाती शोभायात्रा समारोहको कारणले कसैलाई पनि असुविधा नहोस् भन्दै विगतको घटनाहरू हेरेर कोही पनि बाहिर जानलाई २ अक्टोबरको दिन ट्रेन र हवाई जहाजको टिकट छ भने बिहान १०.३० भन्दा अघि नै गईदिने अनुरोध पनि गरेका छन्। उनले खरसाङ क्षेत्रका सबैलाई फूलपाती समारोहमा उपस्थित भईदिने अनुरोध पनि गरेका छन्। संयोजक पेमेन्द्र गुरुङले सबैलाई बिहान १०.३० बजे खरसाङको रेलवे स्टेशन परिसरमा उपस्थित भईदिने अनुरोध गर्दै रेलवे स्टेशन परिसरबाट फूलपाती शोभायात्रा निकाल्ने जानकारी गराएका छन्। गुरुङले फूलपातीको दिन खरसाङको ट्राफिक व्यवस्था व्यवस्थित गराउन सभा गरेका छौं भनी बताउँदै फूलपाती शोभायात्रा समारोहलाई सफल बनाउन सबैलाई उपस्थित भईदिने अनुरोध पनि गरेका छन्। उक्त पत्रकार सम्मेलनमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको खरसाङ महकुमा समितिको सचिव एंव मनोनित सभासद प्रमाण रसाईली लगायत अन्यहरू उपस्थित रहेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *