गान्ताेक: आज बिहान सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले प्रख्यात अभिनेता, गायक तथा माटोका प्रिय सन्तान स्वर्गीय श्री प्रशान्त तामाङको निवासमा गई दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै अन्तिम सम्मान व्यक्त गरे।
मुख्यमन्त्रीले सामाजिक संजाल मार्फत स्वर्गीय प्रशान्तको असामयिक निधनले राज्यभरि मात्र होइन, राज्य बाहिर समेत असंख्य प्रशंसकहरूको हृदयमा अपूरणीय रिक्तता सिर्जना गरेको जनाए र यस गहिरो शोकको घडीमा शोक सन्तप्त परिवार, आफन्त, मित्र तथा शुभेच्छुकहरू प्रति गहिरो समवेदना व्यक्त गरे।

साथै अन्तमा मुख्यमन्त्रीले ईश्वरसित प्रार्थना गर्दै स्वर्गीय प्रशान्तको परिवार, आफन्तजन एवं शुभचिन्तक र असंख्य प्रशंसकहरू सबै सबैलाई यस अपार क्षति सहन गर्न आवश्यक शक्ति, धैर्य र सान्त्वना प्राप्त गर्न सकून् भने साथै दिवंगत आत्माको चिरशान्तिको कामना गरे।








