गान्ताेक: सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले आज सामाजिक संजाल मार्फत सरस्वती पूजा तथा वसन्त पञ्चमीको पावन अवसरमा हार्दिक शुभकामना व्यक्त गरे।
मुख्यमन्त्रीले संजालमा ज्ञान, बुद्धि र सिर्जनशीलताको प्रतिमूर्ति माता सरस्वतीले हामी सबैलाई स्पष्ट सोच, अध्ययनप्रति समर्पण तथा धर्मको मार्गमा अग्रसर हुने शक्ति प्रदान गरून् भनि कामना प्रकट गरे साथै नयाँ आशा र सकारात्मकतासहित वसन्त ऋतुको आगमनसँगै, यस पवित्र दिनले सबैका जीवनमा ज्ञानको प्रकाश, सद्भाव र सफलताको वरदान ल्याओस् तथा सबैलाई बौद्धिक र आध्यात्मिक रूपमा उन्नत बन्न प्रेरणा प्रदान गरोस् भनि शुभेच्छा जनाए।









