सुकना: सुकना गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित नारायणा सुकना गोल्ड कप फूटबल टुर्नामेण्टको १९औं संस्करणमा लीजेण्ड्स फूटबल क्लबले रोमाञ्चक जीतको साथ फाइनलमा स्थान बनायो। सुकना हाई स्कूल खेल मैदानमा बिहीवार भएको पहिलो सेमिफाइनल म्याचमा लीजेण्ड्स एफसी-ले तरञ्जुबारी फूटबल क्लबविरुद्ध पेनल्टी शूटआउटमा ५-४-ले जीत हासिल गऱ्यो। निर्धारित ९० मिनटको खेलमा स्कोर २-२-को बराबरीमा रहेको थियो। निर्धारित समयको खेलमा तरञ्जुबारी फूटबल क्लबको तर्फबाट सुराग छेत्रीले ५३औं र राजा छेत्रीले ७२औं मिनटमा गोल गरे। यसरी लीजेण्ड्स एफसी-को तर्फबाट दुवै गोल डिफेण्डर विक्टरले गरे। उनले ६३औं र ८१औं मिनटमा गोल गरे। विजेता टीमका कप्तान बाओरिंगदाओ बोडोलाई प्लेयर अव् द म्याच चयन गरियो।

शुक्रवार खेलिने टुर्नामेण्टको दोस्रो सेमिफाइनल म्याचमा दार्जीलिङ पुलिस र गत संस्करणको च्याम्पियन रोलिंग क्लब धुलाबारी (नेपाल)-बीच भिड़न्त हुनेछ। फाइनल २५ जनवरीमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनर अप हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।











