भाजपाले २६ जनवरी खरसाङमा गणतन्त्र दिवस समारोह तथा कार्यकर्ता महासँगम आयोजना गर्ने

IMG-20260122-WA0096

खरसाङ: भारतीय जनता पार्टी, दार्जिलिङ जिल्लाको तत्वावधानमा आगामी २६ जनवरीमा खरसाङको मन्टिभियट खेल मैदानमा गणतन्त्र दिवस समारोह तथा कार्यकर्ता महासँगम आयोजना गरिने भएको छ। यस कुराको जानकारी आज खरसाङमा भारतीय जनता पार्टी दार्जिलिङ जिल्ला अध्यक्ष सञ्जीव लामाले एक पत्रकार भेलालाई सम्बोधन गर्दै दिएका छन्। उक्त पत्रकार भेलामा दार्जिलिङ जिल्ला महासचिव सोनाम लामा, सचिव विनय प्रसाद, उपाध्यक्ष आरबी लामा लगायत अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो। भाजपा दार्जिलिङ जिल्ला अध्यक्ष सञ्जीव लामाका अनुसार पार्टीका कार्यकर्ताहरूलाई लक्षित गरी आयोजना गरिएको यस महासँगममा दार्जिलिङका सांसद राजु विष्ट, राष्ट्रिय प्रवक्ता प्रदीप भण्डारी, उत्तर बंगाल चुनाव प्रभारी अरुण जी तथा त्रिपुराका पूर्व मुख्यमन्त्री विप्लव देव कुमार विशेष अतिथिका रूपमा उपस्थित हुने भएका छन्। उक्त कार्यक्रममा अधिकभन्दा अधिक भाजपा कार्यकर्ताहरूलाई उपस्थित भई कार्यक्रमलाई सफल बनाउन उनले आग्रह गरेका छन्। उनले यसैबीच पञ्चायत व्यवस्थामा भएको भ्रष्टाचारको विरोध जनाउन आगामी २७ जनवरीका दिन दार्जिलिङ जिल्लाधिकारी (जिल्लापाल) कार्यालय घेराउ गरिने भएको छ। संजीव लामाका अनुसार सत्तासीन दलका केही सभासद्हरूले पैह्रो पीडितहरूको नाममा भ्रष्टाचार गरेको आरोप लगाएका छन्। सोही भ्रष्टाचारको विरोधमा जिल्लाधिकारी कार्यालय घेराउ गरिने जानकारी उनले पत्रकारहरूलाई दिएका छन्।

About Author

Advertisement