खरसाङ: हिल तृणमूल कांग्रेसले आगामी जीटीए चुनावमा खरसाङ महकुमा अन्तर्गत पर्ने ९ वटा समष्टिहरूमा आफ्नै प्रार्थीहरू दिने घोषणा गरेका छन्। खरसाङ महकुमा अन्तर्गत पर्ने ९ वटा समष्टिहरूको प्रतिनिधिहरूलाई लिएर हिल तृणमूल कांग्रेस खरसाङको सभा हिल तृणमूल कांग्रेसको नेता प्रदीप प्रधानको अध्यक्षतामा सम्पन्न भएको र उक्त सभामा नै खरसाङ महकुमा अन्तर्गत पर्ने ९ वटा समष्टिहरूमा नै हिल तृणमूल कांग्रेसले आफ्नै प्रार्थीहरू उठाउने भएको छ। उक्त जानकारी हिल तृणमूल कांग्रेस खरसाङ टाउन कमिटीको अध्यक्ष आरिफ खानले एक पत्रकार सम्मेलन बोलाएर जानकारी गराएका छन्। उनले पत्रकारहरूसित कुराकानी गर्दै आज हामीले खरसाङ महकुमा अन्तर्गत पर्ने ९ वटा समष्टीहरूका प्रतिनिधिहरूलाई सभा बोलाएर खरसाङ महकुमा अन्तर्गत पर्ने ९ वटा समष्टिहरूमा हिल तृणमूल कांग्रेसको लागि योग्य प्रार्थीहरूको नामको घोषणा गरेको जानकारी गराएका छन्। उनले यी सबैजना विगत लामो समयदेखि हिल तृणमूल कांग्रेसमा कार्य गर्दै आएका पार्टीका कार्यकर्ताहरुलाई टिकट दिने घोषणा गरेको बताएका छन्। आरिफ खानले पत्रकारहरूले सोधेका प्रश्नको उत्तरमा खरसाङको ९ वटा समष्टिहरूका प्रार्थीहरूको नामको सूची आज नै हामीले फ्याक्समार्फत् मुख्यमन्त्री ममता ब्यानर्जी, महासचिव अभिषेक ब्यानर्जी, राज्य सभा सासंद शान्ता छेत्री र पार्टीको चेयरम्यान एलबी राईलाई पनि पठाउने बताए।
आरिफ खानले जीटीए चुनावको लागि कुनै राजनीतिक दलसित गठबन्धन गर्ने खबर केवल हल्ला मात्रै रहेको र यसमा हामीलाई कुनै पत्र नआएको र हाईकमाण्डबाट पनि कुनै निर्देशन नआएको जानकारी गराएका छन्। हामीलाई जीटीए चुनावमा कुनै राजनैतिक पार्टीलाई सघाउने कुरामा कसैले भनेको खण्डमा नमान्ने तर केवल पार्टी अध्यक्षा एंव मुख्यमंत्री ममता ब्यानर्जीको निर्देशनलाई पालन गर्ने किनभने हामी सबैले मुख्यमंत्री ममता ब्यानर्जीको निर्देशन र सिध्दान्त अनुसार नै पार्टी गरिरहेको बताएका छन्। खानले जीटीए चुनाव जित्ने पूर्ण आशा रहेको र हामी जीटीए चुनाव ४५ वटा सिटमा ४० सिट जितेर बोर्ड गठन गर्ने भनी दाबी पनि गरेका छन्।










