जोरथाङ क्रिएटिभ हब २.० का स्टलहरूको अवलोकन

IMG-20240717-WA0003

विधायकहरूले नवप्रवर्तन र स्थानीय उद्यमशीलताको सराहना गरे

जोरथाङ: शहरी विकास तथा खाद्य एवं नागरिक आपूर्ति विभागका सल्लाहकार एवं विधायक दिले नामग्याल बर्फुङ्पा, रिँचेनपोङ निर्वाचन क्षेत्रका विधायक इरुङ तेन्जिङ लेप्चा, अप्पर बर्तुक निर्वाचन क्षेत्रकी विधायक कला राई र सिक्किम अनुसूचित जाति कल्याण बोर्डका अध्यक्ष शेखर सेवाले आज जोरथाङस्थित क्रिएटिभ हब २.० का स्टलहरूको अवलोकन गरेका छन्।
भ्रमणको क्रममा विधायकहरूले स्टल सञ्चालक र प्रदर्शकहरूसँग अन्तरक्रिया गर्दै हबमा प्रदर्शित विभिन्न सिर्जनात्मक पहलहरूबारे प्रत्यक्ष जानकारी प्राप्त गरे। उनीहरूले नवप्रवर्तनशील विचार, स्थानीय रूपमा उत्पादन गरिएका सामग्रीहरू र कौशल आधारित उद्यमहरूमा विशेष रुचि देखाए।
विधायकहरूले स्थानीय उद्यमशीलताको प्रवर्द्धन, नवप्रवर्तनको प्रोत्साहन र दिगो जीविकोपार्जनमा क्रिएटिभ हब २.० ले खेलेको महत्वपूर्ण भूमिकाको साराहना गरे। साथै, कलाकार, हस्तकला व्यवसायी र युवा उद्यमीहरूलाई आफ्ना प्रतिभा र सिर्जनशीलता प्रस्तुत गर्न जीवन्त मञ्च उपलब्ध गराएकोमा पनि हबको प्रशंसा गरे।

About Author

Advertisement