भागोप्रमोद्वारा जीटीए चुनावको लागि ११ जना प्रार्थीहरूको घोषणा

IMG-20220528-WA0100.jpg

मङपु: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले आगामी हुने जीटीए चुनावको निम्ति ११ जना प्रार्थीहरूको नाम घोषणा गरेका छन्। दार्जिलिङ महकुमा र कालेबुङ जिल्लाबाट चार चार जना अनि खरसाङ महकुमाबाट तीन जना प्रार्थीहरूको नामको घोषणा गरेको छन्।
भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पार्टीका महासचिव अमर लामाले पत्रकारसँग बोल्दै आज मंगपुमा बसेको पार्टीको केन्द्रीय समितिको बैठकमा ३ घण्टा लामो चलेरो र उक्त बैठकमा आगामी चुनावमा पालन गरिने रणनीति, कुन कुन समष्टिमा कसलाई प्रार्थी बनाउने विषय चर्चा गरिएको जानकारी गराएका छन्। उनले हामी चरणबध्द तरिकामा प्रार्थिहरुको नाम घोषणा गर्नेछौं भन्दै आजको बैठकमा सर्वसम्मतिले ११ जना प्रार्थिहरूको नाम पारित गरेको बताएका छन्। पार्टीको महासचिव अमर लामाले हिल तृणमूल कांग्रेससँगको गठबन्धनमा चुनाव लड्ने बजारमा सुनिएको हल्ला विषय पत्रकारहरूले सोधेको प्रश्नमा लामाले ४५ वटा समष्टिमा नै भागोप्रमोले आफ्नो उम्मेदवारहरू दिनेछ भनी बताएका छन्। आज घोषणा भएको ११ जना उम्मेदवारहरूमा क्रमैले दार्जिलिङ महकुमाको रिम्बिक लोधोबाट नोर्देन शेर्पा, चुङथुङ समष्टिबाट सन्दिप छेत्री, नागरी धजेबाट अन्जुल चौहान, पोख्रेबुङ समष्टिबाट नोबेल बम्जन, कालेबुङ जिल्ला अन्तर्गत पेदोङ समष्टिबाट कमल सुब्बा, गोरुबथान समष्टि ४३ नम्बरबाट रतन थापा, जलढका तोदे समष्टिबाट लाक्पा नामग्याल भुटिया, छिबो टासीडिङ (३३) बाट सिनोरा नाम्चु अनि खरसाङ महकुमा अन्तर्गत पंखबारी अम्बोटे समष्टिबाट कल्पना प्रधान, खरसाङ देउराली समष्टिबाट श्याम शेर्पा, टुङ सन्त मेरिज समष्टिबाट नुरी शेर्पा आदिको नामहरू घोषणा गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement