खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ टाउन कमिटीद्वारा खरसाङ महकुमा कार्यालयमा टाउन कमिटी कार्यकारीणी सदस्यहरुलाई लिएर सभा सम्पन्न भयो। उक्त सभा मतदाता गहन संसोधन एसआईआरको फारम भरेपछि वर्तमान एसआईआरलाई लिएर भईरहेको सुनवाई गर्नु जाँदा खरसाङकोे जनसाधारणले जानकारीको अभावमा भोगिरहेको समस्याहरुलाई ध्यानमा राखेर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय समिति अध्यक्ष अनित थापाकाे निर्देशनलाई अघि बढाउँदै गरिएको यस सभामा खरसाङको जनतालाई सुनवाईमा जाने जनतालाई सहयोग गर्नु हेतु टाउन कमिटीका पदाधिकारी अनि सदस्यहरु खरसाङ महकुमा कार्यालयमा सुनवाईको निम्ति चुनाव आयोगद्वारा दिएको समय पूर्व नै पुगेर जनसाधारणकोे सहयोगकोे निम्ति उपस्थित रहने सभामा निर्णय गरियो। एसआईआरलाई लिएर राखिएको सभा टाउन कमिटीको अध्यक्ष राजु शर्माकाे अध्यक्षतामा भएको थियो। सभालाई मूलसचिव बीरबल पाख्रिन सञ्चालन गरेका थिए।

सभामा उपाध्यक्षद्वय सन्तोष परी, सञ्जय मुखिया, सह सचिव विकाश तामाङ, सांगठनिक सचिव मैत्र सेन शर्मा, प्रचार प्रसार सचिव रबी तोलंगी लगायत अन्यहरु उपस्थित थिए।दोस्रो चरणमा अपरान्हको समय नारी शक्ति महकुमा समिति सभापति तथा नगरपालिका क्षेत्रको आगामी विधानसभा चुनाव प्रभारी सबिता कार्की, सभापति राजु शर्मा, मूल सचिव बिरबल पाखरीन, उपाध्यक्ष सन्तोष परी, मिडिया सेल सह सचिव रबि तोलाङी कार्यकारिणी सदस्य बिशम तामङ, पासाङ यल्मो, सांगठनिक सचिव महेत्र सेन शर्मा, युवा शक्ति टाउन कमिटी उपाध्यक्ष अमित लामा आदि उपस्थित रहेका थिए।









