बीसीबीलाई २१ जनवरीसम्म स्थिति स्पष्ट गर्ने चेताउनी दियो आईसीसीले

IMG-20260120-WA0006

दुबई: टी२० वर्ल्ड कप २०२६-को उल्टा गन्ती शुरु भइसकेको छ अनि टुर्नामेण्टमा बंग्लादेशको भागीदारीलाई लिएर सृष्टि भएको अनिश्चितता अहिले पनि कायम छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) -ले बंग्लादेश क्रिकेट बोर्ड (बीसीबी)लाई भारतमा आएर खेल्ने अनि यस्तो नगरे अन्य टीमलाई टुर्नामेण्टमा सामेल गर्ने चेताउनी दिएको छ। आफ्नो अन्तिम फसेला बताएर स्थिति स्पष्ट गर्न आईसीसी-ले बीसीबी-लाई २१ जनवरीसम्मको समयसीमा दिएको ईएसपीएनक्रिकइन्फोको रिपोर्टमा दावी गरिएको छ। यस मामिलामा आफ्नो माग पूरा नभएको देखेर बंग्लादेशले पाकिस्तान समक्ष गुहार लगाएको छ। मीडिया रिपोर्ट्स अनुसार, आईसीसी-ले माग पूरा नगरेपछि बीसीबी ले पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) सँग सम्पर्क गरेर सहायताको गुहार लगाएको छ। आईसीसी र बीसीबी-बीच गत एक हप्तामा दुई चरणको कुराकानी भइसकेको छ। शनिवार ढाकामा भएको बैठकमा बीसीबी ले उनीहरू भारतमा खेल्न नचाहने कुरालाई दोहोऱ्यायो। बीसीबी-ले श्रीलंकाको विकल्प दिएको छ, जो टी२० वर्ल्ड कपको सह-आयोजक हो तर आईसीसी-ले कार्यक्रम या ग्रुपमा फेरबदल गर्ने मागलाई खारेज गरेको छ। आईसीसी टी२० वर्ल्ड कपको ग्रुप चरणमा बंग्लादेशको ४ वटा म्याच भारतमा रहेको छ। बीसीबी ले टुर्नामेण्टको ग्रुपमा फेरबदल गर्ने माग पनि गरेको थियो। बोर्डले बंग्लादेशलाई ग्रुप बी-मा पठाएर आयरल्याण्डलाई ग्रुप सी-मा सामेल गर्ने माग गरेको थियो कारण आयरल्याण्डको सबै म्याच श्रीलंकामा रहेको छ। बंग्लादेशको यस मागलाई पनि आईसीसीले खारेज गरेको छ। आईसीसीले बंग्लादेश भारत नआए ऱ्याङकिंगको आधारमा स्कटल्याण्डलाई टुर्नामेण्टमा सामेल गर्ने सम्भावना छ। यसरी बीसीबी अहिले चरम संकटको स्थितिमा जाँकिएको छ।

About Author

Advertisement