दार्जिलिङ: तामाङ र यल्मो समुदायको महान् सांस्कृतिक पर्व सोनाम ल्होछार २८६२ को पावन अवसरमा दार्जिलिङ लोकसभा सांसद राजु विष्टले सामाजिक संजाल मार्फत सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गरे।
सोनाम ल्होछार केवल नयाँ वर्षको आरम्भ मात्र होइन, यो तामाङ र यल्मो समुदायहरुको समृद्ध संस्कृति, भाषा, पहिचान र ऐतिहासिक परम्पराको प्रतीक हो। यस पर्वले आपसी सद्भाव, एकता र सामाजिक सहकार्यलाई अझ मजबुत बनाउने विश्वास लिएको सांसदले उल्लेख गरे।
सांसद विष्टले नयाँ वर्षले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको मार्ग खोलोस्। शिक्षा, स्वास्थ्य, रोजगार र सामाजिक न्यायको क्षेत्रमा नयाँ ऊर्जा र आशा लिएर यो वर्ष अघि बढोस् भन्ने कामना गरे साथै सोनाम ल्होछार २८६२ को पुनः हार्दिक शुभकामना व्यक्त गरे।










