नयाँ दिल्ली: नीरज चोपड़ाको ओलम्पिकमा दोहोरो सफलतापछि ज्याभलिन थ्रो खेलको फ्याक्ट्री बनिसकेको भारतमा प्रतिभाहरूलाई निखार्नको निम्ति अझ एकजना जर्मनीका दिग्गज प्रशिक्षकको सेवाहरू लिने योजना रहेको छ। यू हन र नीरजको सफलतामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने क्लास बार्टोनिएट्जपछि भारतीय एथलेटिक्स महासंघ (एएफआई) अहिले गत वर्ष ९१.५१ मीटर भाला फ्याँक्ने जर्मनीका जूलियन वेबरका प्रशिक्षक बरखार्ड लुक्सलाई नियुक्त गर्ने प्रयासमा रहेको छ। बरखार्ड र एएफआई-बीच शुरुवाती केही चरणको कुराकानी भइसकेको छ। सबैथोक ठीकठाक रहे रियो ओलम्पिक च्याम्पियन थोमस रोहलर र बरनार्ड सीफर्ट जस्ता ज्याभलिन थ्रोअरहरूलाई प्रशिक्षित गरिसकेका बरखार्डलाई चाँड़ै भारतीय ज्याभलिन थ्रो खेलाड़ीहरूका प्रशिक्षण प्रदान गरिरहेको देखिनेछ। बरखार्डलाई ज्याभलिन थ्रो-मा आफ्नो तक्निकी विशेषज्ञता र शीर्ष स्तरका जर्मन थ्रोअरहरूलाई विश्व स्तरीय सफलता दिलाएको कारणले चिनिन्छ। उनले तक्निकमा निखार ल्याउने अनि मानसिक तयारीहरूमा आफ्नो विशेषज्ञताले गर्दा सुनाम अर्जन गरेका छन्। बरखार्डलाई जर्मन ज्याभलिन थ्रो-मा उच्च मानकहरू कायम राखेकोमा पनि याद गरिन्छ। एएफआई-का एकजना शीर्ष अधिकारीले भने, हामीसँग अहिले ज्याभलिन थ्रो-मा धेरै असल प्रतिभाहरू रहेका छन्। यी प्रतिभाहरूका निम्ति हामीलाई एकाधिक विदेशी प्रशिक्षकहरूका आवश्यकता पर्नेछ। अहिले हामीसँग सर्गेई माकारोवको रूपमा प्रशिक्षक रहेका छन् तर हामी दोस्रो प्रशिक्षकको रूपमा बरखार्डलाई नियुक्त गर्न चाहन्छौं। उनीसँग हाम्रो अनुबन्धले चाँड़ै अन्तिम रूप लिने आशामा छौं। यसबीच बरखार्डले नीरजसँग काम गर्नेछन् या छैनन् भन्ने चाहिँ तय छैन। नीरज आफ्नो प्रशिक्षक तय गर्नको निम्ति स्वतन्त्र छन्। उनले कुन प्रशिक्षकसँग तयारीहरू गर्नेछन् भन्ने नीरजको इच्छामाथि निर्भर रहनेछ। अहिले उनले आफ्नो पुरानो प्रशिक्षक जय चौधरीको मार्गदर्शनमा अभ्यास गर्ने फसेला गरेका छन्। भविष्यमा उनले विदेशी प्रशिक्षकको माग गरे त्यसलाई पूरा गरिनेछ। अहिले चाहिँ बरखार्डले जूनियर जेवलिन थ्रोअर र अन्य उदीयमान एथलीटहरूसँग काम गर्ने योजना रहेको छ। बरखार्डले वेबरलाई जर्मनीको पट्सडेममा तयारीहरू गराएका थिए अनि गत वर्ष उनले आफ्नो करियरमा पहिलोपल्ट ९० मीटरको वाधा पार गरेका थिए।









