नाम्चेबुङ र नाथाङ माछोङ निर्वाचन क्षेत्रमा ४० परिवारलाई बाख्रा वितरण

गान्तोक: राज्यको पशुपालन अनि पशु चिकित्सा र पाकिम जिल्ला प्रशासनिक केन्द्रको संयुक्त पहलमा चालिस जनालाई बाख्रा वितरण गरियो।यसको योजनाको निम्ति टिस्टा ऊर्जा लिमिटेडले आफ्नो सीएसआर कोषबाट धनराशि उपलब्ध गराएको थियो। पाकिमस्थित जिल्लापालको अतिथिगृहमा आयोजित कार्यक्रममा नाथाङ माछोङ र नाम्चेबुङका कूल ४० जनालाई बाख्रा प्रदान गरियो। नाम्चेबुङ निर्वाचन क्षेत्रका विधायक एम प्रसाद शर्माको वाहुलीबाट लाभार्थीहरूलाई बाख्रा र खसी वितरण गरिएको हो। यसका साथै एक सय किलोग्राम चारो, जुकाको दवाई र एक वर्षको निम्ति वीमा पनि गरिदिएको छ। कार्यक्रमम जिल्लापाल टाशी छोपेल लगायत अन्य अधिकारीवर्गको पनि उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement