युथ फ्रण्ट सुपर लीगः मुम्बई सिटी एफसी ८-०-ले विजयी

२९ सेप्टेम्बरः युथ फ्रण्टको तत्वावधानमा आयोजित युथ फ्रण्ट सुपर लीग फूटबल प्रतियोगितामा बिहीवार मुम्बई सिटी एफसी-ले जीत हासिल गऱ्यो। सिलगढ़ीको गुल्मा स्टेशन नजिक युथ फ्रण्ट मैदानमा जारी यस टुर्नामेण्टमा आज खेलिएको ग्रुप चरणको अन्तिम म्याचमा मुम्बई सिटी एफसी-ले नर्थ ईष्ट युनाइटेड एफरी-लाई ८-०-ले पराजित गऱ्यो । विजेता टीमबाट उज्जल महातोले ह्याट्रिक गरे। यसबाहेक साहिल प्रधान र शुभम हेम्बरमले २-२ गोल गरे। एक गोल अशोक मुण्डाले छिराए। मुम्बई सिटी एफसी-का उज्जल महातोलाई प्लेयर अव् द म्याच चयन गरियो। आयोजकहरूले बताएअनुसार, गत १६ सेप्टेम्बरदेखि शुरु यस टुर्नामेण्टको दोस्रो संस्करणमा स्थानीय खेलाड़ीहरूलाई प्रेरणा र प्रोत्साहन प्रदान गर्न अंशग्रहणकारी टीमहरूका नाम आईएसएल-का शीर्ष टीमहरूका नाममा राखिएको छ। टुर्नामेण्टमा जम्मा आठवटा टीमले हिस्सा लिएको छ। यी टीमहरूलाई दुईवटा ग्रुपमा बाँड़िएको छ। प्रत्येक ग्रुपबाट विजेता अनि उपविजेता टीमले सेमिफाइनलमा स्थान बनाउनेछ। पहिलो सेमिफाइनल शुक्रवार खेलिनेछ। दोस्रो सेमिफाइनल १ अक्टोबरमा हुनेछ। फाइनल ३ अक्टोबरमा हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement