बजारमा परेवाहरू अचानक मर्न थाले, पशु चिकित्सा टोलीद्वारा छानबिन सुरु

IMG-20240717-WA0003

नाम्ची: नाम्ची बजार क्षेत्रमा परेवाहरू अचानक मर्न थालेपछि स्थानीयवासीहरू अचम्भित बनेका छन्। घटनाबारे सूचना प्राप्त हुनासाथ पशुपालन तथा पशु चिकित्सा सेवा विभागको टोलीले तत्काल प्रभावित क्षेत्रको स्थलगत निरीक्षण तथा छानबिन सुरु गरेको छ।
विभागका अनुसार मृत तथा प्रभावित परेवाहरूको परीक्षण गर्दा प्वाँख बिग्रिएको, हरियो पखाला, टर्टीकोलिस (घाँटी बांगिनु) र अकाल मृत्युजस्ता लक्षणहरू देखिएका छन्। रोगको यकिन पहिचानका लागि राज्य पशु रोग निदान प्रयोगशाला, गान्तोक मुख्यालयसँग समन्वय गरी जैविक नमूनाहरू थप परीक्षणका लागि पठाइएको विभागले जनाएको छ।
संभावित रोगको फैलावट रोक्न विभिन्न स्थानमा औषधिको व्यवस्था गरिएको छ भने वरपरका क्षेत्रहरूमा कीटाणुशोधनलगायत रोकथामका उपायहरू अपनाइएको छ। विभागले स्थानीयलाई सतर्क रहन तथा मृत परेवासँग प्रत्यक्ष सम्पर्क नगर्न समेत आग्रह गरेको छ।

About Author

Advertisement