२९ सेप्टेम्बरः गितडाब्लिंग भेटरन्सको तत्त्वावधानमा आयोजित जीटीए लेभल भेटरन्स फूटबल टुर्नामेण्टको पहिलो दिन बिहीवार चारवटा क्वार्टर फाइनल म्याच खेलियो। यसमा डागापुर भेटरन्सले दार्जीलिङ भेटरन्सलाई ३-१-ले पराजित गऱ्यो। यसरी नै रोयल एफसी भेटरन्सले छिबो एफसी भेटरन्स (कालेबुङ)-लाई ४-०-ले पराजित गऱ्यो। म्याचमा विजेता टीमबाट पाल्जोरले २ गोल गरे। यसबाहेक तेञ्जिंग र वाङ्दीले १-१ गोल गरे।

यसरी नै कालेबुङ भेटरन्सले पेदोङ भेटरन्सलाई २-१-ले अनि मंगपू भेटरन्सले गितडाब्लिंग भेटरन्सलाई ५-४-ले पराजित गऱ्यो। अब शुक्रवार खेलिने पहिलो सेमिफाइनलमा रोयल एफसी भेटरन्स र मंगपू भेटरन्सबीच भिड़न्त हुनेछ। यसरी नै दोस्रो सेमिफाइनल कालेबुङ भेटरन्स र डागापुर भेटरन्सबीच खेलिनेछ। यस नाइन ए साइड फूटबल टुर्नामेण्टको फाइनल २ अक्टोबरमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई बिनापानी दास स्मृति भेटरन्स विनर्स ट्रफी प्रदान गरिनछ। यसरी नै रनर-अप् हुने टीमलाई अल्बिना काबो स्मृति भेटरन्स रनर-अप् ट्रफी प्रदान गरिनेछ।