खरसाङ: मिक्स अप बोइस् खरसाङ घैयाबारीमा भईरहेको नगदराशि फुटबल टुर्नामेन्टको सेमी फाइनलमा पुग्ने दोस्रो टिम बनेको छ। घैयाबारी स्पोर्टस् वेलफेयर एसोसिएसनको आयोजनामा गत ३ जनवरीदेखि घैयाबारीको नेताजी हाई स्कूलको खेल मैदानमा भईरहेको नगदराशि फुटबल टुर्नामेन्टको दोस्रो क्वाटर फाइनल खेल आज मिक्स अप बोइस खरसाङ र सिविटार एफसीमाझ सम्पन्न भयो। यस दोस्रो क्वाटर फाइनल म्याचको पहिलो हाफमा मिक्स अप बोइस खरसाङको तर्फबाट २ र सिविटारको पक्षबाट १ गोल गरेका थिए। म्याचको दोस्रो हाफमा मिक्स अप बोइस खरसाङले २ को विरूध्द ३ गोल गरी घैयाबारीमा भईरहेको नगदराशि फुटबल टुर्नामेन्टको सेमी फाइनलमा पुग्ने दोस्रो टिम बनेको छ। यस खेलमा मिक्स अप बोइसको जर्सी नम्बर ११ लाई म्यान अफ् द म्याच घोषित गरिएको छ। अब आइतबार १८ जनवरीमा हुने तेस्रो क्वाटर फाइनल खेल घैयाबरी एफसी र नयाँ कमान एफसीमाझ सम्पन्न हुने भएको छ। यस दोस्रो क्वाटर फाइनल खेल विषयमा पत्रकारहरूसँग कुराकानी गर्दै घैयाबारी स्पोर्टस् वेलफेयर एसोसिएसनको सल्लाहकार दावा वाङ्दी लामाले विस्तृत रुपमा जानकारी गराएका छन्। उनले बताए अनुसार घैयाबारी स्पोर्टस् वेलफेयर एसोसिएसनको आयोजनामा यसपाली दोस्रो संस्करणको नगदराशि फुटबल टुर्नामेन्ट भईरहेको छ।

यस टुर्नामेन्टमा जम्मा १६ वटा टिमहरुले सहभागिता जनाएका छन् अनि यस फुटबल टुर्नामेन्टको फाइनल खेल आगामी १ फरवरीको दिन हुने भएको छ। यस नगदराशि फुटबल टुर्नामेन्टको विजेतालाई आकर्षक ट्रफिको साथमा डेढ लाख रुपियाँ र उप विजेतालाई ट्रफीसहित एक लाख रुपियाँ प्रदान गरिने भएको छ।









