पटना: बिहार महिला विकास निगमका प्रबन्ध निर्देशकको एउटा भिडियो भाइरल भइरहेको छ। एक कार्यक्रममा विद्यालयका छात्राहरुले सेनेटरी प्याड निःशुल्क उपलब्ध गराउन अनुरोध गरेका थिए। यसको जवाफ दिँदै प्रबन्ध निर्देशक हरजोत कौरले भनिन्, ‘तपाईहरु आज सेनेटरी प्याड माग्दै हुनुहुन्छ, भोलि तपाईहरु कण्डम माग्नु हुनेछ?’ भिडियोमा विद्यालयका छात्राहरूलाई नि:शुल्क सेनेटरी नेपकिनको माग गर्दै देख्न सकिन्छ ताकि अरूमाथि निर्भर रहन नपरोस्l
एक छात्राले प्रश्न गरिन्, ‘सरकारले धेरै कुरा सित्तैमा दिइरहेको छ। के तपाई हामीलाई २०-३० रुपियाँको सेनेटरी प्याड दिन सक्नुहुन्न?’ छात्राको प्रश्नको जवाफ दिँदै आईएएस अधिकारी हरजोत कौरले भनिन्, ‘के मागहरूको कुनै अन्त्य छ? तपाईहरु भोलि भन्नु हुन्छ सरकारले जीन्स र सुन्दर जुत्ता दिन सक्छ। जब परिवार नियोजनको कुरा आउँछ, तपाइँलाई नि: शुल्क कण्डम पनि चाहिन्छl’ हरजोत कौरले भनिन्, ‘तपईलैई सरकारबाट चीज लिनु के आवश्यकता छ? यो सोच गलत होl’ छात्राहरुले उनको दाबीलाई खण्डन गर्दै भने, ‘सरकार चुनावको दौरान धेरै केही गर्ने वाचा गर्छन्l’ यसमा हरजोत कौरले भनिन्म ‘भोट नदिनुहोस्। पाकिस्तान बन्नुहोस्l’ हरजोत कौरले पछि एक विज्ञप्ति जारी गर्दै भनिन्, ‘म महिला अधिकार र सशक्तिकरणको सबैभन्दा मुखर च्याम्पियनको रूपमा परिचित छु। डब्लुसीडीसीले कारबाही गरेका बदमाशहरूले अब मेरो प्रतिष्ठामा आँच पुर्याउन खोजिरहेका छन्l’