गान्तोक: गान्तोक जिल्लाका जिल्लापाल राघुल के-को अध्यक्षतामा सिच्छेस्थित जिल्ला पञ्चायत भवनमा जिल्ला पञ्चायत कार्यसम्पादन मूल्याङ्कन समितिको परिचयात्मक बैठक सम्पन्न भयो। यस अवसरमा पञ्चायत संयोजिका डिकी सेङ्गाले पावर पोइन्ट प्रेजेन्टेसनको माध्यमद्वारा योजना र प्रस्तावबारे विस्तृतरूपमा जानकारी गराइन्। सोही क्रममा जिल्लापालले प्रतिनिधिहरूसँग कार्यशैलीबारे अन्तक्रिया गर्दै कामको जिम्मेवारी पनि दिए। सभामा आगामी नोभेम्बर महिनामा पूनः अर्को बैठक बस्ने निर्णय लिएको छ।