खरसाङ: खरसाङ महकुमा खेलकूद संघको आयोजनामा हुने भनिएको खरसाङ शहीद गोल्ड कप फुटबल टुर्नामेन्ट केही समयको लागि स्थगित गरिएको छ। खरसाङको चानमारी आर्मी खेल मैदानमा आगामी १८ जनवरीदेखि शुरु हुने भनिएको खरसाङ शहीद गोल्ड कप फुटबल टुर्नामेन्टको तेह्रौँ संस्करण हालको लागि स्थगित गरिएको जानकारी गराइएको छ। आज खरसाङ महकुमा खेलकूद संघको तर्फबाट पत्रकार सम्मेलन बोलाएर खरसाङ शहीद गोल्ड कप फुटबल टुर्नामेन्ट केही समयको लागि स्थगित गरिएको जानकारी गराइएको छ। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ महकुमा खेलकूद संघको उपाध्यक्ष फुर्बा घिसिङ र सचिव निर्मल गुरुङले खरसाङको चानमारी आर्मी खेल मैदानमा फुटबल टुर्नामेन्ट आयोजनाको लागि अनुमति प्राप्त भएर नै फुटबल टुर्नामेन्टको लागि खेल तालिका पनि सार्वजनिक गरिएको तर हिजो अचानक जलपहाडबाट फोनमार्फत् केही दिनको लागि स्थगित गरिदिने सूचना आएपछि खरसाङ शहीद गोल्ड कप फुटबल टुर्नामेन्ट केही दिनको लागि स्थगित गरिएको जानकारी गराइएको छ।











