स्टेडियममा बाँदरको उपस्थितिले इण्डिया ओपनका आयोजकहरू दबाउमा

IMG-20260115-WA0059

नयाँ दिल्ली: दिल्लीको इन्दिरा गान्धी इण्डोर स्टेडियममा जारी इण्डिया ओपन ब्याडमिण्टन टुर्नामेण्टमा बुधवार एउटा अप्रत्याशित घटना देख्न पाइयो। स्टेडियमको ग्यालरीमा एउटा बाँदरलाई देखियो, जसले आयोजकहरूको पहिलादेखि नै जारी मुश्किललाई अझ बढ़ाएको छ। बाँदरले कुनै म्याच या ट्रेनिंग सेशललाई बाधा नपुऱ्याए पनि दर्शकहरू र सोशल मीडियामा यस घटनाले धेरैको ध्यान आकर्षित गरेको छ। लगातार बढ़िरहेको आलोचनाहरूबीच ब्याडमिण्टन एसोसिएशन अव् इण्डिया (बाइ)-का सचिव सञ्जय मिश्राले अधिकारी र स्टाफहरू गत २० दिनदेखि लगातार व्यवस्थाहरूमा खटिएको अनि यस्तो पहिलोपल्ट भएको बताएका छन्। उनले भने, हामी गत २० दिनदेखि स्टेडियममा लगातार काम गरिरहेका छौं अनि यस्तो घटना पहिलोपल्ट भएको छ। कसैले दैलो गल्तीले खुल्ला राखेको हुनसक्छ। सबै दैलो सुरक्षित रूपले बन्द रहोस् भन्ने सुनिश्चित गर्न हामी जरूरी कदम उठाइरहेका छौं। सञ्जय मिश्राले स्टेडियमको स्थितिबारे बताउँदै भने, स्टेडियमको चारै तर्फ हरियाली रहेको छ, जुन प्राकृतिक पर्यावरणको हिस्सा हो। हामी सम्बन्धित अधिकारीहरूसँग मिलेर सुरक्षित र नियन्त्रित वातावरण कायम राख्नेमाथि काम गरिरहेका छौं।
टुर्नामेण्टलाई लिएर शुरुदेखि नै आलोचना चलिरहेको छ। टुर्नामेण्टको व्यवस्थाहरूमाथि धेरैले प्रश्न उठाएका छन्। डेनमार्ककी स्टार खेलाड़ी मिया ब्लिचफेल्टले टुर्नामेण्टको पहिलो दिन नै स्टेडियम परिसरको स्थिति आशानुरुप नरहेको आरोप लगाएकी थिइन्। उनले परिवेशलाई अस्वस्थ बताएकी थिइन्। यसरी विश्वका नम्बर २ पुरुष एकल खेलाड़ी डेनमार्कका एण्डर्स एन्टोनसनले पनि दिल्लीको प्रदूषणले गर्दा लगातार तेस्रो साल टुर्नामेण्टमा हिस्सा नलिएको बताएका छन्। यसबीच बाइ-का सचिव सञ्जय मिश्राले चाहिँ एण्टोनसनको टिप्पणीहरूलाई खारेज गर्दै भनेका छन्, भारत बाहिर बसेर कुनै पनि खेलाड़ीले वास्तविक परिस्थितिको सही आकलन गर्न सक्दैनन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement