सुकना: सुकना गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित निर्वाणा सुकना गोल्ड कप फूटबल टुर्नामेण्टको १९औं संस्करणमा तरञ्जुबारी फूटबल क्लब (टीएफसी)-ले क्वार्टर फाइनलमा स्थान बनायो। सुकना हाई स्कूल खेल मैदानमा बुधवार भएको पहिलो प्री-क्वार्टर फाइनल म्याचमा टीएफसी-ले बिन्नागुड़ी फूटबल एकाडमीविरुद्ध १-०-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट एकमात्र गोल सुजल छेत्रीले ६०औं मिनटमा गरे। सुजल छेत्रलाई प्लेयर अव् द म्याच चयन गरियो। बिहीवार खेलिने दोस्रो प्री-क्वार्टर फाइनल म्याचमा कञ्चनजंघा फूटबल क्लब (केएफसी) र जलपाइगढ़ी पुलिसबीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा जम्मा २० वटा अग्रणी टीमले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल २२ र २३ जनवरीमा खेलिनेछ। यसरी फाइनल २५ जनवरीमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनर अप हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।









