जंगपानादेखि चारधुरे हुँदै खुन्द्रुके बस्ती र मजुवा भएर देवरालीसम्म पुग्ने रोड निर्माणको लागि शिलान्यास

IMG-20260114-WA0118

खरसाङ: खरसाङ खण्ड अन्तर्गत जंगपाना चियाबारीदेखि चारधुरे हुँदै खुन्द्रुके बस्ती र मजुवा भएर देवरालीसम्म पुग्ने रोड निर्माणको लागि शिलान्यास गरिएको छ। उक्त रोडको शिलान्यास महानदी ग्राम पञ्चायत अन्तर्गत जंगपानाका पञ्चायत सदस्या रञ्जना छेत्री, हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सभापति सागर गुरुङ, वरिष्ठ नागरिकद्वय सहदेव राई र ज्ञानबहादुर राई आदिको बाहुलीबाट साथै चारधुरेका प्रतिनिधि बिनोद राई, जंगपाना चियाबारीको प्रतिनिधि बिनोद गुरुङ, सचित राई आदिको उपस्थितिमा शिलान्यास गरिएको छ। उक्त रोड जीटीएबाट जीटीए‌ प्रमुख अनित थापाको सहयोगमा निर्माण भईरहेको छ। उक्त रोड तीनधारे महानदी समष्टिको जंगपाना चियाबारीदेखि 28 नम्बर खरसाङ चिमनी देवराली समष्टिको देवरालीसम्म‌ निस्कनलाई निर्माण गरिन्दै गरेको जानकारी प्राप्त भएको छ। यस रोड माथिल्लो जंगपाना चियाबारीको खेल मैदानबाट शुरु भएर चारधुरे, खुन्द्रुके बस्ती र मजुवा हुँदै देवराली निस्कने जम्मा लगभग ६ किलोमिटरको रहने जानकारी प्राप्त भएको छ। यस नयाँ रोडको शिलान्यास हुनसाथ निर्माण कार्य पनि शुरु गरिएको जानकारी प्राप्त भएको छ।‌ यस रोड निर्माणले जंगपाना चियाबारी लगायत चारधुरे, खुन्द्रुके बस्ती, मजुवा र देवराली क्षेत्रका जनसाधारणलाई धेरै सुविधा हुने बताइएको छ।‌ विगत धेरै वर्षदेखि यस क्षेत्रमा रोड निर्माणको लागि पहल गरिरहेको र अहिले आएर जीटीए प्रमुख अनित थापाको सहयोगमा यो रोड निर्माणको लागि शिलान्यास गरिएकोले स्थानीयहरुले‌ खुशी व्यक्त गरेका छन्। यस रोडको निर्माणको लागि स्थानीय जंगपाना चियाबारी, चारधुरे, खुन्द्रुके बस्ती, मजुवा र देवराली क्षेत्रका जनसाधारणको तर्फबाट हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सभापति सागर गुरुङले जीटीए प्रमुख अनित थापालाई विशेष धन्यवाद दिएका छन्। उनले विगत लामो समयदेखि यस रोड निर्माणको लागि पहल भइरहेको र यसपाली जीटीए प्रमुख अनित थापाको सहयोगमा शिलान्यास गरेर निर्माण कार्य सुरु गरिएको छ बताएका छन्। गुरुङले यस रोडको लागि केही दिन अघि जीटीए‌ प्रमुख अनित थापालाई केही दिन अघि भेटेर निवेदन गरिएको र जीटीए प्रमुख अनित थापाले आफै यो रोडको निर्माणको लागि जेसीबी पठाई दिएर निर्माण कार्य शुरु गरिएको बताए। यसको साथै चारधुरेका प्रतिनिधि बिनोद राईले‌ यस रोडको लागि जीटीए प्रमुख अनित थापालाई विशेष धन्यवाद दिएका छन्। उनले लामो समयदेखि यो रोडको निर्माणको लागि निवेदन गरिएको र अहिले आएर जीटीए प्रमुख अनित थापाको सहयोगमा जीटीएबाट रोड निर्माण कार्य शुरु गरिएकोमा खुसी व्यक्त गर्दै धन्यवाद दिएका छन्। उनले यस रोडले जंगपाना चियाबारी साथै चारधुरे, खुन्द्रुके बस्ती, मजुवा र देवरालीसम्मका जनसाधारणलाई धेरै सुविधा हुने भएको बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement