अण्डर-१९ वर्ल्ड कपमा चुनौती पेश गर्न तयार टीम इण्डिया

IMG-20260114-WA0092

नयाँ दिल्ली: आईसीसी अण्डर-१९ वनडे वर्ल्ड कप २०२६ यसपाली दुईवटा अफ्रिकी देश जिम्बाब्वे र नामीबियामा १५ जनवरीदेखि शुरु हुन गइरहेको छ। टुर्नामेण्टको फाइनल ६ फरवरीमा खेलिनेछ। इण्टरनेशनल क्रिकेटमा कदम राख्न अघि यस टुर्नामेण्टले युवाहरूलाई वैश्विक मञ्च दिन्छ, जहाँबाट धेरै खेलाड़ीहरू अघि गएर क्रिकेट जगतका नक्षत्र बन्छन्। भारत यस टुर्नामेण्टको दिग्गज टीम हो। भारतले सर्वाधिक ५ पल्ट खिताब जितेको छ जबकि अष्ट्रेलिया ४ पल्ट च्याम्पियन बनेको छ। पाकिस्तान २ पल्ट विजेता रहिसकेको छ। वेष्ट इण्डिज, दक्षिण अफ्रिका, बंग्लादेश र ईंग्ल्याण्ड चाहिँ १-१ पल्ट च्याम्पियन बनेको छ। टुर्नामेण्टको गत संस्करण (२०२४)-को फाइनलमा भारतलाई पराजित गरी अष्ट्रेलिया च्याम्पियन भएको थियो। अहिले २०२६ संस्करण नजिकै रहेको छ अनि फेरि एकपल्ट टुर्नामेण्टलाई लिएर व्यापक उत्साह देखिएको छ। अण्डर-१९ स्तरमा भारतको वर्ल्ड च्याम्पियन बन्ने सूची छोटो तर प्रभावशाली रहेको छ। भारतले जम्मा ९ पल्ट अण्डर-१९ वर्ल्ड कपको फाइनलमा स्थान बनाएको छ अनि ५ पल्ट खिताब जितेको छ। भारतले मोहम्मद कैफको कप्तानीमा पहिलोपल्ट २०००-मा श्रीलंकालाई फाइनलमा पराजित गरी खिताब जितेको थियो। टुर्नामेण्टको यस संस्करणमा जम्मा १६ वटा टीमले ट्रफीको निम्ति दावेदारी पेश गर्नेछ। भारत समक्ष अष्ट्रेलिया, पाकिस्तान, ईंग्ल्याण्ड, दक्षिण अफ्रिका र वेष्ट इण्डिज जस्तो मजबूत टीमहरूको चुनौती रहनेछ। भारतीय टीममा आयुष म्हात्रे र वैभव सूर्यवंशी जस्ता प्रतिभा रहेका छन्, जसले अगावै यस खेलमा आफ्नो छाप छोड़िसकेका छन्।
२०२६ अण्डर-१९ क्रिकेट वर्ल्ड कपको निम्ति भारतीय टीम यसप्रकार रहेको छः
आयुष म्हात्रे (कप्तान), आरएस अम्ब्रिश, कनिष्क चौहान, डी. दीपेश, मोहम्मद एनाान, एरोन जर्ज, अभिग्यान कुण्डू, किशन कुमार सिंह, विहान मल्होत्रा, उद्धव मोहन, हेनिल पटेल, खिलान ए. पटेल, हर्वंश सिंह, वैभव सूर्यवंशी, वेदांत त्रिवेदी।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement