नयाँ दिल्ली: डेनमार्ककी स्टार ब्याडमिण्टन खेलाड़ी मिया ब्लिचफिल्डले एकपल्ट फेरि भारतमा जारी इण्डियन ओपन सुपर ७५०-को अवधि खेलाड़ीहरूलाई प्राप्त भइरहेको सुविधाहरूमाथि प्रश्न उठाएकी छन्। उनले वेन्यू इन्दिरा गान्धी इण्डोर स्टेडियममा शिफ्ट भए पनि स्थितिमा खासै सुधार नआएको आरोप लगाएकी छन्। ब्लिचफिल्डको भनाइअनुसार, स्टेडियमको स्थिति मैला अनि अस्वस्थ रहेको छ, जुन खेलाड़ीहरूका निम्ति पेशादार मान्न सकिँदैन। उनले भनेकी छन्, अत्याधिक जाड़ोले गर्दा खेलाड़ीहरू २-२ लेयरको लुगा, ज्याकेट, पञ्जा र टोपी लगाएर वर्म-अप गर्न वाध्य छन्। जाड़ोले गर्दा सही तरिकाले वर्म-अप गर्नु मुश्किल भइरहेको छ जबकि खेलाड़ीहरूले कोर्टमा तेज मूभमेण्ट र स्प्लिट्स जस्ता कठिन मूभ गर्नु पर्छ। यो एलीट खेलाड़ीहरूका तयारीको निम्ति सही माहोल हैन। ब्लिचफिल्डले अझ भनेकी छन्, गत वर्ष मैले केडी जाधव हललाई लिएर पनि यस्तै नालिश गरेकी थिएँ अनि यस साल पनि स्थिति लगभग त्यस्तै रहेको छ। वर्म-अपको समय कोर्टमा चराहरू उड़िरहेको हुन्छ अनि कोर्टमा मैला पनि गर्छ। यसले अस्वस्थ स्थितिलाई दर्शाउँछ। ब्लिचफिल्डले टुर्नामेण्टका आयोजकहरू, भारतीय ब्याडमिण्टन संघ (बीआईए) र ब्याडमिण्डन वर्ल्ड फेडरेशन (बीडब्ल्यूएफ)-सँग हस्तक्षेपको अपील गरेकी छन्। उनले भनिन्, यो एउटा पेशादार खेल हो अनि खेलाड़ीहरूका स्वास्थ्यसँग सम्झौता गर्न सकिँदैन। यस्तो परिस्थितिहरूबीच खेलाड़ीहरू बिमार भए या चोटको शिकार बने त्यो सम्पूर्ण रूपले अनुचित हुनेछ। विशेषगरी अगस्तमा हुने वर्ल्ड च्याम्पियनशीप अघि उनीहरूले यस कमीलाई पूरा गर्नु जरूरी छ। उल्लेखनीय छ, ब्लिचफिल्डले टुर्नामेण्टको आयोजन स्थलको आलोचना गरेको यो पहिलोपल्ट चाहिँ होइन। उनले गत वर्ष पनि दिल्लीको प्रदूषणमाथि प्रश्न उठाएकी थिइन्।
ब्लिचफिल्डले म्याच एरिनाको चाहिँ प्रशंसा गरेकी छन्। उनले भनिन्, स्टेडियम ठूलो अनि असाधारण छ। कोर्टको स्थिति असल छ अनि यो मेरो खेलको अनुकूल रहेको छ। कोर्टमा मेरो प्रदर्शन पनि असल रह्यो तर म स्वास्थ्यसँग सम्बन्धित व्यवस्थाहरूसँग निराश छु। क्यानाडाकी मिशेल ली र थाईल्याण्डकी पूर्व वर्ल्ड च्याम्पियन रत्चानोक इन्तानोनले पनि अत्याधिक जाड़ो र ड्राफ्टको समस्यालाई लिएर चिन्ता व्यक्त गरेकी छन्। इन्तानोनले भनेकी छन्, अत्याधिक जाड़ोले अभ्यास गर्नु र खेल्नु समस्या भइरहेको छ। आयोजकहरूले खेलाड़ीहरूका निम्ति हीटर जस्तो सुविधाहरू प्रदान गर्नु पर्ने थियो। उल्लेखनीय छ, भारतले १७ सालपछि वर्ल्ड ब्याडमिण्टन च्याम्पियनशीपको आयोजन गर्न गइरहेको छ। यस्तो स्थितिमा खेलाड़ीहरूका नालिशलाई आयोजकहरूका निम्ति चेताउनी मान्न सकिन्छ। यस्तो स्थितिमा समय रहँदै व्यवस्थाहरूमा सुधार गरिनु पर्नेछ, जसले विश्व स्तरीय आयोजनमा कुनै पनि प्रकारको आलोचना हुनेछैन।









