गुप्तेश्वर धाममा शिवरात्रीको अवसरमा भव्य पुराण सम्पन्न हुने

गोरुबथान: गोरुबथानको सबैभन्दा पुरानो र प्राकृतिक रुपमा रहेको धाम हो गुप्तेश्वर धाम। प्रतिवर्ष नै यहाँ शिवरात्रीको छेक पारेर विगत दुइ दसकअघिदेखि पुराणको आयोजना गरिन्दै आइरहेको छ।यस वर्ष पनि गुप्तेश्वर धाम सेवा समितिको तत्वावधानमा आगामी ८ फरवरी आइतबारको दिनदेखि खुबै भव्यताको साथमा सप्ताहव्यापी पुराण हुने जानकारी गुप्तेश्वर धाम सेवा समितिको सभापति संजिब सुनारले दिएका छन्। १५ फरवरीको दिन महाशिवरात्रिको पावन अवसरमा पुराण समापन हुनेछ। यस वर्ष श्री श्री ब्रह्मा महापुराण श्रेष्ठ कथावाचक प्रवत्ता आचार्य घनश्याम खनाल ज्युको उपस्थितिमा सम्पन्न हुनेछ ।यस पावन अवसरमा यस पुराणमा सम्पुर्ण भक्तजनलाई उपस्थित भइदिने आग्रह पनि आयोजक समितिले गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement