सुकना गोल्ड कपः दार्जीलिङ पुलिस प्री-क्वार्टर फाइनलमा पुग्न सफल

photocollage_2026113223115474

सुकना: सुकना गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित निर्वाणा सुकना गोल्ड कप फूटबल टुर्नामेण्टको १९औं संस्करणमा दार्जीलिङ पुलिसले प्री-क्वार्टर फाइनलमा स्थान बनायो। सुकना हाई स्कूल खेल मैदानमा मंगलवार भएको म्याचमा दार्जीलिङ पुलिसले सुकना युनाइटेड फूटबल क्लबविरुद्ध ४-२-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट पंकज थापाले ह्याट्रिक गरे। उनले ३३औं, ७१औं र ७३औं मिनटमा गोल गरे। यसबाहेक रुड गुलिटले ४०औं मिनटमा गोल गरे। यसरी सुकना युनाइटेडको तर्फबाट आर्यन छेत्रीले ६३औं र अंकित राईले ८२औं मिनटमा गोल गरे। पंकज थापालाई प्लेयर अव् द म्याच चयन गरियो। बुधवार खेलिने पहिलो प्री-क्वार्टर फाइनल म्याचमा तरञ्जुबारी फूटबल क्लब र बिन्नागुड़ी फूटबल एकाडमीबीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा जम्मा २० वटा अग्रणी टीमले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल २२ र २३ जनवरीमा खेलिनेछ। यसरी फाइनल २५ जनवरीमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनर अप हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement