हर्षवर्धन श्रृंगलाद्वारा प्रधानमन्त्रीलाई धन्यवाद ज्ञापन

IMG-20260113-WA0084

दार्जिलिङ: दार्जिलिङको गौरव प्रशान्त तामाङको स्मृतिलाई देशका प्रधानमन्त्री नरेन्द्र मोदीले सम्मान गरेकोमा पश्चिम बंगाल राज्यका राज्यसभा सांसद हर्षवर्धन श्रृंगलाले प्रधानमन्त्री मोदीप्रति हार्दिक धन्यवाद ज्ञापन गरे।
सामाजिक संजाल मार्फत सांसदले स्व. प्रशान्त एक साँचो रत्न थिए, जसको जीवन र संघर्षपूर्ण यात्राले लाखौँ मानिसहरूलाई प्रेरणा दियो र गोर्खा समुदायका आशा तथा आकांक्षाहरूलाई अत्यन्त सुन्दर ढङ्गले प्रतिनिधित्व गर्‍यो भनि व्यक्त गरे। श्री श्रृंगलाले भने प्रशान्तले आशा, साहस र सपनाहरूले भरिएको यस्तो विरासत छोडिदिएका छन् जसको उज्यालो सदा चम्किरहनेछ।

About Author

Advertisement