खरसाङ: खरसाङ टाउन कमिटी नारी शक्तिका टोलीले खरसाङ नगरपालिकाको वार्ड नम्बर एकदेखि बीससम्मका शिशु शिक्षा केन्द्रका ४० जना सहायिकाहरुलाई लिएर सभा गरेका छन्। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका मुख्य कार्यपाल तथा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका केन्द्रीय अध्यक्ष अनित थापाकोे परामर्शलाई निरन्तरता दिन्दै विगत ९ जनवरीकोे दिन खरसाङ नगरपालिकाका स्वनिर्भर सदस्यहरुसँग सभा गरेपछि खरसाङ टाउन कमिटी नारी शक्तिका टोलीले खरसाङ नगरपालिकाको वार्ड नम्बर एकदेखि बीससम्मका शिशु शिक्षा केन्द्रका ४० जना सहायिकाहरुलाई लिएर उनीहरुको समस्या बुझ्न अनि सहयोग पुर्याउनको निम्ति सम्पूर्ण रिपोर्ट पार्टी अध्यक्ष समक्ष पुराउनकाे निम्ति सभा सम्पन गरेको छ। खरसाङ नगरपालिकाको सभा गृहमा नगरपालिकाका उपाध्यक्ष सुभाष प्रधानद्वारा सञ्चालित उक्त सभामा टाउन कमिटी नारी शक्तिका अध्यक्ष देवकी प्रधान सुब्बाले चिम्नी देउराली २८ नम्बर समष्टिका सभासद श्याम शेर्पा, नगरपालिकाका बड़ाबाबू सुरेन कटुवाल ॐले सम्वोधन गरेका थिए। सभामा शिशु शिक्षा केन्द्रमा कार्यरत सहायिकाहरूले उनीहरुको शिशु शिक्षा केन्द्र सञ्चालनमा भईरहेको समस्याहरु विषयमा उपस्थित नगरपालिकाका अधिकारी तथा भागोप्रमोका नेतृत्त्वहरु समक्ष सामाधानकोे निम्ति राखेका थिए। यसरी लगातार खरसाङ नगरपालिका कार्यालय अधीनष्ट कार्य गर्ने कर्मचारीहरुलाई सहयोग पुर्याउनकोे निम्ति जीटीएका मुख्य कार्यपाल तथा भागोप्रमोका अध्यक्षले समस्याकोे विस्तृत जानकारी तैयार गरी ल्याउन दिएको निर्देशनलाई पालन गर्दै सभामा २८ नम्बर समष्टि नारी शक्तिका अध्यक्ष सुषमा मुखिया, महकुमा नारी शक्तिका अध्यक्ष तथा नगरपालिका क्षेत्रका चुनाव प्रभारी सबिता कार्की, खरसाङ टाउन कमिटीका मूल सचिव बीरबल पाख्रिन, उपाध्यक्ष सन्तोष परी, महकुमा समितिका सदस्या याङ्की लामा टाउन कमिटी नारी शक्तिका सदस्या नितु गुरुङ्ग, सरिता मुखिया उपस्थित रहेका थिए।









