भागोप्रमो खरसाङ महकुमा समितिद्वारा पूर्व सभापति एंव समाजसेवी किशोर थापासित भेटघाट

खरसाङ: भागोप्रमो खरसाड महकुमा समितिको प्रतिनिधित्व टोलीद्वारा विगत दिनहरूमा पार्टीमा एक भएर जहिले पनि जनहितमा सेवा कार्य गर्नलाई जिम्मेवार वरिष्ठ नागरिक एवं महानुभावहरूलाई भेटघाट गर्ने कार्य गरिरहेका थिए। यसै अवधिमा पार्टीको कर्मठ सदस्य एवं विगतमा खरसाङ महकुमा समिति अध्यक्षको अभिभार लिएर जनसेवा कार्य गरिरहने साथै खरसाङ नगरपालिकाको भूपू नगरपार्षद साथै पेशाले पंखाबारी स्कूलका भूपू शिक्षक किशोर थापालाई भागोप्रमो खरसाङ महकुमा समितिको टोलीले भेट गरेका छन्। किशोर थापा विगतको पहाडको परिवर्तन रयालीमा पैदल यात्रामा सहभागी रहेको समयमा अचानक अस्वस्थ रहेको थियो भने उनको शरीरमा भने झैं सुधार नरहेकोले वर्तमानमा पनि भागोप्रमो पार्टीको शुभचिन्तक रही सदैव फोनमार्फत् सुझाव दिने अनुभवी व्यक्तिको भलाकुसारी गर्न भागोप्रमो खरसाड महकुमा समिति अध्यक्ष सुवास प्रधान, उपाध्यक्ष रबीन तामङ, सांगठनिक सचिव पासाङ खाडवा (हेन्डी), युवा शक्ति टाउन कमिटि सचिव बन्दन लामा, भूपू नगरपार्षदिका मोती मोक्तान आदि उपस्थित रहेका थिए। किशोर थापाको घरमै पुगेर खरसाङ महकुमा समितिको टोलीले भेटघाट गरी भलाकुसारी गरेका छन्।

यसावधि टोलीले उनीसित विभिन्न विषयहरूमा चर्चा परिचर्चा गरेको र भलाकुसारी गरेको जानकारी भागोप्रमो खरसाङ महकुमा समितिको सभापति सुवास प्रधानले दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement