सुमन सायमिसहित केही नेताहरू नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गर्ने

Suman Sayami

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष सुमन सायमिसहित केही नेताहरू नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गर्ने भएका छन् ।
बुधबार एक कार्यक्रमबीच एकता हुने गरी जान लागेको सायमिले बताएका छन् ।
उनीसहित मुक्तिका केही नेताहरू, सहकारी पीडित तथा नदी किनारको मापदण्डविरूद्ध संघर्षरत नेताहरू पनि सहभागी हुन लागेका हुन् ।
‘वैकल्पिक शक्ति भन्नेले सदनलाई रंगमञ्च बनाउने तयारी गरिरहेका छन् । बिना त्याग, तपश्या प्रधानमन्त्री घोषणा गरी बाँडफाँट गर्दै जानेविरूद्ध हामी एकीकृत हुँदैछौं,’ उनले भने, ‘हामीले उठाएका मुद्दा नेपाली कम्युनिस्ट पार्टीसँग मिल्ने भएकाले जान लागेका हौं ।’
ठूलो शक्तिसँग लड्नलाई ठूलै पार्टी आवश्यक पर्छ, त्यसकारण आफूले राष्ट्रि मुक्ति पार्टी छोडेको सायमीले ‘द रिपब्लिकइन्डियन’लाई बताए ।
उनी कालिमाटी क्षेत्रका स्थानीयबासी हुन् । उनी काठमाडौं क्षेत्र ८ मा उठ्ने तयारी गरिरहेका छन् ।

About Author

Advertisement