पूर्व म्यानेजर जावी अलोन्सो प्रति एम्बाप्पेको अपमानजनक व्यवहार

IMG-20260113-WA0071

रियाद: सऊदी अरबमा खेलिएको स्पेनिश सुपर कप फाइनलमा रियल म्याड्रिडले चीरप्रतिद्वन्द्वी बार्सिलोनाविरुद्ध ३-२-ले हारको सामना गर्नु पऱ्यो। यस हारले रियल म्याड्रिड टीममा खलबली मचाएको छ। यस हारले गर्दा रियल म्याड्रिडको च्याम्पियन बन्ने सपना अधुरै रह्यो भने हारले निराश रियल म्याड्रिड म्यानेजमेण्टले म्यानेजर जावी अलोन्सोलाई पनि बर्खास्त गऱ्यो। क्लबले म्यानेजरलाई बर्खास्त गर्न ठीक अघि मैदानको एउटा भीडियो अघि आएको छ, जसमा कीलियन एम्बाप्पेको व्यवहारले विवाद सृष्टि भएको छ। बार्सिलोनाविरुद्ध हारको लगत्तै पछि रियल म्याड्रिड क्लब म्यानेजमेण्टले ठूलो कदम उठाउँदै प्रशिक्षक अलोन्सोलाई पदबाट हटाउने फसेला गऱ्यो अनि बी टीमका म्यानेजर अल्वारो आर्बेलोआलाई मुख्य प्रशिक्षकको जिम्मेवारी सुम्पियो। अलोन्सो र आर्बेलोआले एकसाथ रियल म्याड्रिड र लिभरपूलमा डिफेण्डरको भूमिकामा खेलिसककेका छन् अनि यी दुईजना वर्ल्ड कप च्याम्पियन स्पेनिश टीमको पनि सदस्य थिए।
सुपर कपको फाइनलपछि माहोल आशानुरुप शान्त थिएन। सोशल मीडियामा एउटा भीडियो भायरल भइरहेको छ जसमा अलोन्सोलाई बार्सिलोनाको टीमलाई गार्ड अव् अनर दिने सुझाउ दिइरहेको देखिएको छ तर एम्बाप्पेले त्यस फसेलालाई तुरन्त खारेज गरे। भीडियोमा एम्बाप्पेलाई साथी खेलाड़ीहरूलाई मेडल लिएपछि सीधै ड्रेसिंग रूममा जाने निर्देश दिइरहेको देखिएको छ। त्यही क्षण मैदानमा अलोन्सोको रियल म्याड्रिडको म्यानेजरको रूपमा अन्तिम क्षण साबित भयो। प्रशंसक र फूटबल समुदायमा तुरन्त प्रतिक्रिया देख्न पाइयो। धेरै समर्थकहरूले यसलाई एम्बाप्पेको व्यवहारलाई अपमानजनक बताएका छन्। धेरैले त्यसलाई अलोन्सो प्रति असम्मान बताएका छन्। एकजना स्टार खेलाड़ीले यसरी म्यानेजरको निर्देशलाई खारेज गरेको घटनाले टीम अनुशासनमाथि प्रश्न उठाएको धेरैले भनेका छन्। चाखलाग्दो कुरा के छ भने प्रशिक्षक हटाइएपछि एम्बाप्पेले नै सोमवार सबैभन्दा पहिला अलोन्सोलाई सोशल मीडियाको माध्यमले बिदाई दिएका छन्। उनले इन्स्टाग्राममा दुवैको फोटो शेयर गर्दै लेखेका छन्, यो छोटो समय थियो तर तपाईंको निम्ति खेल्नु अनि तपाईंसँग सिक्नु मेरो निम्ति खुशीको कुरा थियो। तपाईंलाई अघिल्लो अध्यायको निम्ति शुभकामना।
अलोन्सोले गत वर्ष मईमा कार्लो एन्सेलोटीको स्थानमा प्रशिक्षक पद सम्हालेका थिए। रियल म्याड्रिडलाई उनीबाट धेरै आशा रहेको थियो तर टीम खेलभन्दा अधिक अफ् फील्ड कुराहरूले प्रभावित रह्यो। वीनिसियस जूनियरसहित धेरै खेलाड़ीहरूसँग उनको सम्बन्ध असल रहेन। धेरैपल्ट सब्स्टीट्यूशनलाई लिेर विवाद भयो। मीडिया रिपोर्ट्समा उनले ड्रेसिंग रूममा नियन्त्रण गुमाएको खबर आयो। अलोन्सो ३४ वटा म्याचमा रियल म्याड्रिडका म्यानेजर रहे। यसमा टीमले २४ वटा म्याच जितेर ६ वटा गुमायो। ४ वटा म्याच ड्र रह्यो। केही खेलाड़ीहरूले उनलाई सोशल मीडियामा शुभकामना दिएका छन् भने विनीसियसले चाहिँ कुनै प्रतिक्रिया दिएका छैनन्। अलोन्सोको बिदाईपछि अब जिम्मेवारी आर्बेलोआको काँधमा रहेको छ, जुन चुनौतीभन्दा कम्ती हुनेछैन। रियल म्याड्रिड विश्वको सबैभन्दा ठूलो क्लबहरूमा एउटा हो, जहाँ हार र अनुशासनहीनता दुवैलाई स्वीकार गरिँदैन। एल क्लासिकोको हारले केवल ट्रफी मात्र नखोसेर क्लबको संरचना अनि अनुशासनमाथि पनि प्रश्न उठाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement