न्यूजील्याण्डविरुद्ध पहिलो वनडे म्याचमा भारतको ४ विकेटले जीत

IMG-20260111-WA0068

वडोदरा: भारतले पहिलो वनडे इण्टरनेशनल क्रिकेट म्याचमा न्यूजील्याण्डलाई ४ विकेटले पराजित गऱ्यो। यस जीतको साथ भारतले ३ वटा म्याचको सीरीजमा १-०-को बढ़त हासिल गऱ्यो। कोटाम्बी स्टेडियममा आइतवार खेलिएको म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै न्यूजील्याण्डले ५० ओभरमा ८ विकेट गुमाएर ३०० रन बनायो। जवाफमा भारतले ४९ ओभरमा ६ विकेटमा ३०६ रन बनाएर म्याच जित्यो। म्याचमा भारतलाई जीत दिलाउनमा विराट कोहलीको महत्त्वपूर्ण योगदान रह्यो, जसले सर्वाधिक ९३ रन बनाए। कोहलीले ९१ बल खेलेर ८ वटा चौका र एउटा छक्का लगाए। यसबाहेक कप्तान शुभमन गिलले ५६ र श्रेयस अय्यरले ४९ रनको योगदान दिए। गिलले ७१ बलको सामना गरी ३ वटा चौका र २ वटा छक्का लगाए। यसरी श्रेयसले ४ वटा चौका र एउटा छक्का लगाए। भारतलाई आज लक्ष्यलाई पीछा गर्दै रोहित शर्माले तेज शुरुवात दिलाए अनि ३ वटा चौका र २ वटा छक्काको साथ २९ बलमा २६ रन बनाए। भारतको स्कोर ३९ पुग्दा रोहित आउट भए अनि त्यहाँबाट कोहली र गिलले मिलेर दोस्रो विकेटको निम्ति ११८ रनको पार्टनरशीप गरे। गिल आउट भएपछि कोहलीले श्रेयसको साथ पाए अनि यी दुईजनाले तेस्रो विकेटको निम्ति ७७ रनको पार्टनरशीप गरी टीमलाई जीतको नजिक पुऱ्याए। भारतले पछिबाट कोहली, रविन्द्र जडेजा र श्रेयसको विकेट लगातार गुमाए पनि केएल राहुलले अन्तसम्म क्रीजमा रहेर टीमलाई जीत दिलाए। सातौं नम्बरमा ओर्लिएर हर्षित राणाले पनि २९ रनको योगदान दिए। राहुल २९ र वाशिंगटन सुन्दर ७ रनमा अविजित रहे। न्यूजील्याण्डका बलरहरूमा काइल जेमिसनले सर्वाधिक ४ विकेट लिए।
यसअघि न्यूजील्याण्डको तर्फबाट तीनजना ब्याटरले अर्द्धशतक बनाए। यसमा डेरिल मिचेलले ७१ बल खेलेर सर्वाधिक ८४ रन बनाए। उनले ५ वटा चौका र ३ वटा छक्का लगाए। यसरी ओपनरद्वय डेवोन कन्वे (५६) र हेनरी निकोल्स (६२ रन)-ले पनि उत्कृष्ट ब्याटिंग गरे। न्यूजील्याण्डलाई कन्वे र निकोल्सले असल शुरुवात दिलाए। यी दुईजनाले पहिलो विकेटको निम्ति २१.४ ओभरमा ११७ रनको पार्टनरशीप गरे। हर्षित राणाले यी दुवैलाई आउट गरी भारतलाई म्याचमा फर्काए। कन्वेले ६७ बल खेलेर ६ वटा चौका र एउटा छक्का लगाए जबकि निकोल्सले ६९ बल खेलेर ८ वटा चौका लगाए। न्यूजील्याण्डले पछिबाट लगातार विकेट गुमाए पनि मिचेलले लड़ाकू ब्याटिंग गरेर टीमलाई मजबूत स्कोरसम्म पुऱ्याए। क्रिस्टियन क्लार्कले अविजित २४ रन बनाए। भारतीय बलरहरूमा मोहम्मद सिराज, हर्षित राणा र प्रसिद्ध कृष्णाले २-२ विकेट लिए। कोहलीले प्लेयर अव् द म्याचको पुरस्कार जिते।

About Author

Advertisement