श्रमिकहरूलाई अन्याय र अत्याचार गर्ने बन्सल कम्पनीलाई अब सरकारले लिज खारिज गरेर अन्य कम्पनीलाई दिनुपर्छ: सन्तोष मोक्तान

खरसाङ: वर्षभरि खुन पसीनाको कमाई खाएर बन्सल कम्पनी रातारात लापता भएर चाड बाढको समयमा श्रमिकहरूको घरमा खुनको आँशु रूवाएर आफु खुशी गर्ने बनसल कम्पनीले दशैंको मुखमा कमान बन्द गरेर रातारात भागेपछि कमानको हालत खराब बनाई दिएको छ भनी तृणमूल कंग्रेसको ट्रेड युनियन राष्ट्रिय सचिव सन्तोष मोक्तानले बताएका छन्। उनले प्रेस विज्ञप्ति जारी गरी जब जब दुर्गा पूजा आउँछ तब बन्सल कम्पनीले रावणको रूप लिन्छ र यस्तो कम्पनीलाई अब पहाडमा आएर कमान चलाउने सोच न राख्दा पनि हुन्छ अनि मुख्यमन्त्रीले पहाडको जनतालाई भनेर विभिन्न प्रकारको सहुलियतहरू दिन्छ तर सालभरि करोडौ रूपियाँ कमाएर लाने बन्सल कम्पनीले आफ्नो श्रमिकहरूलाई पनि सही समयमा खर्च, तलब साथै पूजा बोनस दिन नसक्ने बन्सल कम्पनी अहिले श्रमिकको नजरमा खून खाने जुगा मात्र भएको छ भनी बताएका छन्। उनले विज्ञप्तिमा भनेका छन् – ‘एउटा चिया गाछले सालमा १.५० लाखसम्म कमाई दिन्छ भनेपछि एउटा बगानमा लाखौं चियापत्तीको बोट हुन्छ। भनेपछि करोडौं रूपियाँको कमाई छ तर पनि श्रमिकहरूलाई अन्याय र अत्याचार गर्ने बन्सल कम्पनीलाई अब सरकारले लिज खारिज गरेर अन्य कम्पनीलाई दिनुपर्छ। तब मात्र बगानको श्रमिकहरूले न्याय पाउने छ। बन्सल कम्पनीले जनतालाई दुःखबाहेक अन्य केही दिन सक्दैनन्। सारा बंगालमा दुर्गा पुजा धुमधामसित मनाईरहेको छ। यस्तो दशैंको बेलामा पहाडको बन्सल कम्पनीको मालिकले कमान बन्द गरेर श्रमिकहरूलाई घरमा अँध्यारो परेर राता रात भगीरहेको छ। अब पनि जनताको आखा खोलिएन भने फेरि पनि बन्सल कम्पनीले चिया श्रमिकहरूलाई यस्तै हालतमा राख्नेछ। यस कारण अब पहाको जनता -चिया श्रमिकहरू अनि राजनीतिक दलहरू एक भएर बन्सल कम्पनीको लिज खारिज गर्न आवाज उठाउनुपर्छ।’
तृणमूल कंग्रेसको ट्रेड युनियनको सचिव सन्तोष मोक्तानले अघि भने, चाढबाढको मुखमा कमान बन्द गरेर भाग्ने बन्सल कम्पनीलाई डीटीए अनि सरकारले पनि कडाभन्दा कडा कार्वाही गर्नुपर्छ भनी हाम्रो मांग रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement