खरसाङ आदर्श विद्यालयमा अवकाशप्राप्त शिक्षक शिक्षिकाहरूलाई विदाई अनि सम्बर्ध्दना

खरसाङ: खरसाङ आदर्श विद्यालयमा अवकाशप्राप्त शिक्षक-शिक्षिकावर्गलाई सम्मानसहित विदाई दिइएको छ। उक्त सम्मान एवं सम्वर्द्धना समारोहलाई शिक्षिका एस गुरूङको अध्यक्षतामा सम्पन्न भएको छ। उक्त समारोहमा भूतपूर्व प्रधान अध्यापक डा. नशेन्द्र नारायण प्रधान, सह-शिक्षक उदय राई र सह-शिक्षिका वीणा प्रधानलाई आदर्श विद्यालयका विद्यार्थीवर्गका सुनौलो भविष्य निर्माणमा उनीहरूले पुऱ्याएको त्याग र बलिदानप्रति सम्मान जनाउँदै अंग वस्त्र, स्मृति चिन्ह र सम्बर्द्धना पत्रले विभूषित गरियो। सम्पूर्ण शिक्षक-शिक्षिकावर्ग विद्यालय,सञ्चालन समिति र विद्यार्थीले उनीहरूलाई सुन्दर भविष्यको शुभकामना तक्राउँदै विदाई दिए। प्रधान अध्यापक डा नगेन्द्र नारायण प्रधान, सह-शिक्षक उदय राई र सह शिक्षिका वीणा प्रधान तीनजना १९८८ सालमा खरसाङ आदर्श विद्यालयमा नियुक्ति प्राप्त गरेका थिए। उदय राई अंग्रेजी भाषा विषयको शिक्षक, वीणा प्रदान शारीरिक शिक्षाको शिक्षिका र डा नगेन्द्र नारायाण प्रधान शुद्ध विज्ञानको शिक्षक थिए। उदय राई २०१९ को दिसम्बर महिनासम्म, वीणा प्रधान २०२० को सेप्टेम्बरसम्म र प्रधान अध्यापक डा नगेन्द्र नारायण प्रधान २०२२ सालको सेप्टेम्बर महिनासम्म आफ्नो शिक्षण पेशामा कार्यरत थिए। स्मरण रहोस् प्रधान अध्यापक डा नगेन्द्र नारायण प्रधानले रसायन विज्ञानको Studies on the chemical reactions of Carbocyclic Compounds जस्तो विषयमा सन् २००५ मा डाक्टेरट गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement